• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

बलात्कारको गलत रिपोर्ट बनाउने जनकपुर अञ्चल अस्पतालका झुठो रिर्पोट तेश्रो पटक परीक्षण

बलात्कारको गलत रिपोर्ट बनाउने जनकपुर अञ्चल अस्पतालका झुठो रिर्पोट तेश्रो पटक परीक्षण
आश्विन २३ गत्ते,जनकपुरधाम । 
 
बलात्कारको गलत रिपोर्ट बनाउने जनकपुर अञ्चल अस्पतालका डाक्टरकै अगाडी उच्च स्तरीय जाचबुझ समितिले बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गरेको छ । 
 
दुई अस्पतालले बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक–फरक दिएपछि अनुसन्धानकालागि गठित उच्च स्तरीय जाचबुझ समितिले आइतबार जनकपुर अञ्चल अस्पतालमै बलात्कृत किशोरीको पुनः स्वास्थ्य परीक्षण गरेको हो ।
 
 
डा.हरिहर वस्तीको नेतृत्युवमा रहेको ४ सदस्य जाचबुझ समितिले तेश्रो पटक बालात्कृत किशोरीको स्वास्थ्य जाच गराएका छन् । 
 
जाच प्रतिवेदन अञ्चल अस्पतालको प्रतिवेदन भन्दा फरक पाइएको अस्पताल श्रोतले जनाएको छ । 
 
जाचबुझ समितिको प्रतिवेदन सिरहा अस्पतालसंग सहमत र जनकपुर अञ्चल अस्पतालसंग मेल खाएको छैन, डाक्टरले बताए ।   
 
 
डाक्टरको बदमासि पता लगाउन डा.हरिहर वस्तीको नेतृत्वमा स्वाथ्य मन्त्रलायका उप सचिव, स्त्री रोग विशेषज्ञ र मेडिकल काउन्सिका पदाधिकारी सम्मेलित टोलि आइतबार तेश्रो पटक बलात्कृत १२ वर्षीया किशोरीको स्वास्थ्य परीक्षण गरेका हुन ।
 
 
स्वास्थ्य परिक्षण्मा विशेषज्ञ टोलीले अञ्चल अस्पतालको डाक्टरले दिएको प्रतिवेदन भन्दा फरक पाएको हो । आइतबार ४ बजे देखि ७ बजे सम्म टोली अञ्चल अस्पतालमा गलत स्वास्थ्य प्रतिवेदन दिने दुबै डाक्टर सांग सोधपुच्छ गरेका प्रहरीले जनाएको छ ।
 
 
जाचबुझ समितिले अञ्चल अूपतालमा बलात्कृत किशोरीको पुनः स्वास्थ्य जाच गरी प्रतिवेदन दिने डाक्टरसंग सोधपुच्छ गरेको थियो, अस्पतालका एक कर्मचारीले भने,‘टोलीले अबेर राती सम्म जिल्ला प्रहरी कार्यालयमा बलात्कार अनुसन्धानमा सलग्न प्रहरी अधिकृतसंग छलफल गरेका थिए ।’ प्रहरीको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयमा जाचबुझ टोली आएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
 
 
धनुषा, जनकनन्दनी गाउ“पालिका–२ की १२ वर्षिया बालिकालाई भदौ ८ गते राती ओछ्यानमै पुगेर छिमेकी २३ वर्षका किरण खत्वेले बलात्कार गरेका थिए । 
 
बलात्कृत किशोरीको इलाका प्रहरी कार्यालय, खजुरीले भदौं ९ गते जनकपुर अञ्चल अस्पतालमा बालिकाको स्वास्थय परिक्षण गराएका थिए ।
 
 अस्पतालले ११ दिनपछि प्रहरीलाई दिएको स्वास्थ्य प्रतिवेदनमा बालिकाको गाला, आखा“, ओठ र घा“टीमा देखिनेगरी कोतरेको घाउ रहेपनि अस्पतालले रिर्पोटमा ‘नो स्केच’ देखाए ।
 
 
जनकपुर अञ्चल अस्पतालका डाक्टर रम्भा गोइत र डा.विजय कुमार सिंहले बलात्कृत बालिकाको स्वास्थ्य परिक्षण गर्दा केही नभएको रिर्पोट तयार गर्दै दुबै डाक्टरले बलात्कृत बालिकाको भजिना र ह्यमेन नर्मल (समान्य) देखाए । 
 
 
तर सिरहा अस्पतालका डाक्टर राकेशकुमार सिंहले भदौैं २५ गते बलात्कृृत बालिकाको स्वास्थ्य जा“च गर्दा अनुहारको बिभिन्न भागमा बाइट मार्क, भजिना क्नगेशन र ह्यमेन रुप्टुरेड (यौनाङ च्यातिएको) प्रतिवेदन दिएका थिए ।
 
 
आरोपितको ब्यान र सिरहा जिल्ला अस्पतालको फरक स्वास्थ्य प्रतिवेदन आएपछि जनकपुर अञ्चल अस्पतालका दुवै डाक्टर बलात्कृत बालिकाको गलत स्वास्थ्य प्रतिवेदन ढिला उपलब्ध गराएर अनुसन्धान प्रभावित गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय धनुषाले कारवाहिकालागि माग गरेका थिए ।
 
 
सरकारी वकिलको कार्यालयले बालिका बलात्कारका अभियुक्त खत्वेसहित स्वाथ्य रिर्पोटमा छेडखानी गर्ने चिकित्सकलाई पनि कार्वाहीको माग गर्दै जिल्ला अदालत धनुषामा असोज ४ गते मुद्दा दर्ता गराएका थिए  ।
 
 जघन्य अपराधमा बलात्कारीलाई जोगाउने नियतले चिकित्सकले स्वास्थ्य रिर्पोट तयार पारेकोे दाबी गर्दै सरकारी वकिलको कार्यालयले बालिका बलात्कारको दुबै स्वास्थ्य रिर्पोटको प्रतिलिपी र अभियुक्त खत्वेले बलात्कार स्वीकार गरेको भिडियो टेपसहित स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, मेडिकल काउन्सिल, महान्यायधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयलाई गलत रिर्पोट दिने चिकित्सकलाई कार्वाही गर्न पत्र लेखेको थियो ।
 
 
डाक्टरले चरम् लापवार्ही गरी अनुसन्धान कार्यलाई प्रभावित हुनेगरी रिर्पोट दिएकोले वकिलको कार्यालयले छानविन गरी कारवाहिको माग गरेपछि अञ्चल अस्पतालका डाक्टरद्वय गोइत र सिंहलाई नेपाल मेडिकल काउन्सिल र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले समेत छानबिन थालेको छ ।
 


यसमा तपाईको मत