• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

स्वास्थ्य संस्थामा सिटामोल समेत नहुँँदा विरामी मारमा

स्वास्थ्य संस्थामा सिटामोल समेत नहुँँदा विरामी मारमा
 
आश्विन २३ गत्ते,सर्लाही । 
 
कविलासी नगरपालिका–८ का जंगिलाल मंडल आफ्ना ३ बर्षिय नातिनीलाइ ज्वरो आएपछि गाउ“को स्वास्थ्य संस्थामा लगे ।
 
 ज्वरोले थरथर कामेकी उनको नातिनीको त्याहा“ उपचार भएन । स्वास्थ्य चौकीका प्रमुखले औषधि नरहेको जानकारी दिदै उनलाई नजिकको क्लिनिकमा जान सल्लाह दिए । 
 
कविलासी स्वास्थ्य चौकीमा ज्वरोको विरामीका लागी प्रयोग हुने सिटामोल समेत छैन ।
 
स्थानीय तहहरुले औषधि खरिदमा बेवास्ता गर्दा कविलासी सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव छ । 
 
सरकारले निःशुल्क तोकेको औषधि स्थानीय तहहरुले उपलब्ध नगराउ“दा बिरामी मारमा परेका छन् । 
 
उनीहरु निजी क्लिनिकबाट औषधि किन्न बाध्य बनेका छन् । गाउ“मा ज्वरो, टाईफाईड, रुघाखोकी, पखाला लाग्नेलगायत बिरामीको संख्या बढेदै गए पनि औषधि अभावले उपचारमा समस्या भएको छ । 
 
बिरामी उपचारका लागि जाने गरे पनि औषधि नपाएर रित्तो हात घर फर्कनुपरेको गुनासो गरेका छन् ।
 
स्वास्थ्य संस्थाबाट सरकारले निःशुल्क तोकेको सिटामोल नपाएर निजी क्लिनिबाट किन्नु परेको मंडलले गुनासो गरे । 
 
‘नातिनिलाई दुई दिन देखी ज्वरो आएर स्वास्थ्य चौकीमा ल्याए“, यहा“ औषधि छैन बाहिर जानुस भनेर भनिरहेको छ ।’ उनले भने, ‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल ठाउ“मा किन जनप्रतिनिधिको नजर गएको छैन ।’
 
औषधि अभाव भएपछि लामो समयदेखि सास्ती भोग्दै आएको छयरोगको विरामी स्थानीय ६५ बर्षिया पासपति साहले बताईन् ।
 उनले यस अघि स्वास्थ्य संस्थाबाट नियमित औषधि सेवन गर्दैआएकी थिईन । ‘लामो समय देखि निःशुल्क रुपमा औषधि खा“दै आएको थिए“, तर अहिले औषधि छैन भनेर निजी क्लिनिकमा पठाईरहेको छ,’ उनले भनिन्, ‘हामी गरिव मान्छे कहा“बाट औषधि खरिद गर्नु ।’
 
 
स्थानीय तहले औषधि उपलब्ध नगराउ“दा स्वास्थ्य चौकीको सेवा प्रभावित भएको स्वास्थ्य चौकीका ईन्चार्जहरुले बताएका छन् ।
 
 ‘औषधि सकिएको जानकारी नगरपालिकामा दुई महिना अगाडी नै गराइसकिएको छ,’ कविलासी स्वास्थ्य चौकीका ईन्चार्ज राम किशोर यादवले भने, ‘नगरपालिकामा जानकारी गराउ“दा पनि अहिले सम्म औषधि आएको छैन, बिरामीलाई फर्काउनु भन्दा अर्को विकल्प छैन ।’
 
 
बिरामीलाई औषधि नदिइकन रित्तो हात फर्काउ“दा बिरामीका आफन्तले आफुहरुलाई गालिगलौज समेत गर्ने गरेको स्वस्थ्य संस्थाका प्रमुखहरुले बताईरहेका छन् । 
 
‘बिरामी औषधि लिन स्वास्थ्य संस्थामा आउ“छन्, औषधि नभएको जानकारी गराउ“दा हप्की दप्की र गाली गलौज गर्छन्,’ पिपरिया स्वास्थ्य चौकीका ईन्चार्ज राजदेव साहले भने, ‘औषधि बिना स्वास्थ्य चौकीमा बस्नु बेकार छ ।’
 
सरकारले निःशुल्क वितरण गर्ने औषधि जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा सकिएको छ । जनप्रतिनिधिले केन्द्रबाट आएको सशर्त अनुदानबाट समेत औषधि किन्न पहल गरेको छैन । 
 
 प्रत्येक स्थानीय तहले आफ्नो छेत्रको स्वास्थ्य चौकीहरुमा औषधि खरिद गर्नुपर्ने प्रवधान छ । 
 
तर स्थानीय तहहरुले कतै कार्यालयको प्रमुख नभएर त कतै गाउ“तथा नगरसभा नभएको भन्दै औषधि खरिद गर्न गम्भिर बनेका छैनन् ।
 
 गाउ“ तथा नगरसभा सम्पन्न गरिसकेका स्थानीय तहले समेत औषधि खरिदमा गम्भिरता देखाएको छैन ।
कान्तिपुर
 


यसमा तपाईको मत