• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

मुस्लिम शिक्षा बोर्ड गठन गरेर मुख्यमन्त्रीले आतकंवाद ल्याउन खोजेको सांसद यादवको आरोप

मुस्लिम शिक्षा बोर्ड गठन गरेर मुख्यमन्त्रीले आतकंवाद ल्याउन खोजेको सांसद यादवको आरोप
 
आश्विन २३ गत्ते,जनकपुरधाम। 
 
 
प्रदेश २ को सरकारले प्रदेश सभामा टेबल गरेको मदरसा बोर्ड विद्येयकमा सांसदहरु बिच घोचपेच भएको छ । 
 
 
्विद्येयकमा त्रुटि रहेकोले समति मार्फत अध्ययन गरी मदरसा बोर्डको टुंगो लगाउन सांसदहरुले सुझाव दिंदै गर्दा सोमबार प्रदेश सभा बैठकमा नेकपाका सांसद जगत यादवले मुस्लिम शिक्षा बोर्ड गठन गरेर मुख्यमन्त्री राउतले आतकंवाद ल्याउन खोजेको आरोप लगाए ।
 
 
सोमवार प्रदेशसभामा मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयकमाथि छलफलका क्रममा उनले कुनै खास धर्म, सम्प्रदायका लागि ल्याइएको शिक्षा बोर्ड आफूलाई मान्य नहुने बताए। ‘कुनै खास धर्म सम्प्रदायका लागि पनि शिक्षा ल्याइन्छ? मुख्यमन्त्रीले आतंकवादी संस्था आइएसको इशारामा मदर्सा शिक्षा बोर्ड ल्याएको होइन? उनले प्रश्न गरे।
 
 
नेकपाकै प्रदेशसभा सदस्य मन्जु यादवले उक्त बोर्ड गर्नुको आवश्यकता किन परेको भनि प्रश्न गरिन्। ‘आखिरमा यो बोर्ड गठन गनु जरूरी किन? मुस्लिम बालबालिकालाई विद्यालय जान के ले छेकेको छ? सरकारले अहिले पनि महिला तथा बालिकाहरूलाई बुर्का लगाउन बढाबा दिइरहेछ,’उनले भनिन् ।
 
 
बैठकमा राजपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेशसभा कार्यालय व्यवस्थापनका लागि केन्द्र सरकारले उपलब्ध गराएको पैसाले खरिद गरिएकोे समान अहिलेपनि उधारो रहेकाले संसदीय समिति गठन गरेर छानविन गर्न माग गरे ।
 
 
 उनले भने,‘प्रदेश सरकार गठन भएको करिब ८ महिना बित्यो । प्रदेशसभा सचिवालयको व्यवस्थापनका लागि १२ देखि १५ करोड रूपैयाँ आएको थियो । तर, डेस्क, माइक, एसीको पैसा अहिले पनि किन उधारो छ।’
 
 
 
प्रदेशसभा सदस्य रिना यादवले मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को कक्षा ११ को परीक्षाको नतिजा दयनीय आएपनि आइतबारको प्रदेशसभामा यसबारे केही नबोले भन्दै खेद प्रकट गरिन्।
 
 उनले कक्षा ११ को उत्तरपुस्तिका केन्द्रबाट झिकाएर प्रदेशमा ल्याएर रिचेक गराउन माग गरिन्।
 
 
बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले फोरमका प्रदेश सचिव शेषनरायण यादवले सञ्चालन गरेको गैरसरकारी संस्था प्रडाप्सलाई मुख्यमन्त्रीले आफ्नो व्यक्तिगत कोषबाट करिब १५ लाख रूपैयाँ दिएकाबारे जवाफ माग गरे।
 
 
 चौधरीले सचिव यादवले सञ्चालन गरेको प्रडाप्स संस्थामार्फत केही दिनअघि स्थानीय महिलाहरूले करोडौं रूपैयाँ ठगी गरेको आरोप पनि लागेको स्मरण गराए।
 
मुख्यमन्त्रीका तर्फबाट सांसदहरूको प्रश्नको जबाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले मदर्सा बोर्ड गठन सम्बन्धी विधेयकमाथि व्यापक छलफलको आवश्यकता रहेको भन्दै आवश्यकता अनुसार संशोधन समेत गर्न सकिने बताएका थिए।
 


यसमा तपाईको मत