• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

मिल्क होलिडेले किसानलाई सास्ती

मिल्क होलिडेले किसानलाई सास्ती
आश्विन २३ गत्ते,महोत्तरी ।
 
‘न उखुको पैसा दिन्छौ न दूध किनिदिन्छौ अनि कसरी चलाउनु घरपरिवार’ यो भनाइ ६५ वर्षीया मरनी देवी को हो । 
दूध नबिकेपछि गौशाला–११ डुमरवानास्थित जय हनुमान डेरीबाट फर्कंदै गर्दा उनले यो बिलौना गरेकीे हुन् ।
 
चाडपर्वको मुखमा दुग्ध विकास संस्थान(डीडीसी) ले फेरि मिल्क होलिडेज ’? गरेको छ संस्थानका कर्मचारीका अनुसार खपत भन्दा बढी संकलन भएकाले साताको २ दिन मिल्क होलि डे गरिएको हो ।
 
 यो माघ सम्म रहने उनीहरूको भनाइ छ । चिनी मिलले उखुको भुक्तानी नदिंदा उसै पनि आर्थिक संकट झेलिरहेका कृषक मिल्क होलिडे बाट थप मर्माहत भएका छन् । 
 
मरनी देवीको छोरो रोजगारका लागि गुजरात गएका छन् । एउटा दुहुनो गाई छ । उनी त्यही गाईको सेवा गर्छिन् । 
 
त्यसले ४ लिटर दूध दिन्छ । एक लिटर नातिनातिनाले खान्छन् । तीन लिटर डेरीमा बेच्छिन् । त्यहाँबाट आएको आम्दानीले घर खर्च चलाउँदै आएकी उनले बताइन् ।
 
 तर,शनिबारदेखि फेरि मिल्क होलिडेस’ भएपछि मरनी देवी जस्ता दर्जनौं किसान पीडामा छन् ।
 
मिल्क होलिडेको पिरलो अहिले मात्र नभई दुग्धविकास संस्थानले पटक पटक दिंदै आएको किसानको दुखेसो छ ।
 
यसअघि साउनको दोस्रो साता पनि दूध बन्द गरेकोे उनीहरूले जनाए । ‘कहिले भने दूध खरिद गर्ने तर समयमा भुक्तानी नदिंदा पनि दूध दिनेगरेकै थियौं,’ गौरी महतोले भने ।
 
 यस्ता हर्कत बाट उदासीन बनेका पशुपालक किसान चौपाया बेचेर बिदेसिन थालेको गाउँमा थुप्रै उदाहरण छन् ।
 
 ४१ वर्षीय महतो पनि यस्तै मनस्थितिमा पुगेको बताउँछन् । दूध व्यवसायका लागि उनले ३ वर्षअघि डेढ लाख ऋण उठाएका थिए ।
 
 घरबाट २५ हजार थपेर ३ वटा गाई खरिद गरेका थिए ।. २० लिटरसम्म दुध उत्पादन हुन थाल्यो । दिनको ७÷८ सयसम्म आम्दानी हुन थाल्यो ।
 
 दूध खान पाउँदा परिवारपनि खुसी थिए । हरक दुई सातामा भुक्तानी हँुदा बैंकको किस्ता पनि नियमित तिर्न पाएकाले दूध व्यवसायबाट उनी सन्तुष्ट थिए ।
तर, अर्को वर्षदेखि मनपरी हुन थाल्यो । बेलाकुबेला दुध लिन बन्द गर्ने, दूध खरिदमा कोटाबाँध्ने, समयमा भुक्तानी नदिने अनि समयमा किस्ता तिर्न नसक्दा बैंकले जरिवाना ठोक्ने जस्ता झन्झटले दिक्क भएर २ वटा गाई बेचेको उनले सुनाए ।
 
‘अब त झन् मिल्क होलिड,े गाईलाई ख्वायो,भकारो उठायो, त्यही हो होलिडे भनेको ?’ उनले आक्रोश पोखे, ‘अब त भएको एउटा दुहुनो पनि बेचबाच पाररे बिदेसिने चक्करमा छु ।
 
’केही वर्षदेखि उखु खेतीबाट आम्दानीको तुलनामा समस्या बढ्न थालेपछि यताका कृषक नगदेबालीको विकल्पका रूपमा दूध उत्पादनतर्फ आकर्षित हुनथालेको बताउँछन् ।
 
 संस्थानले ग्रामीण इलाकामा दूध उत्पादनलाई प्रोत्साहन गर्न यहाँको गौशालाबजारमा चिलिङ सेन्टर (चिसे) स्थापना गरेपछि भरतपुर, गौशाला, बटौवा, बेलगाछी, खेसराहा ,सुन्दरपुर, कान्तिबजार, औरही, भन्टाबारी लगायत ग्रामीण भेगका किसानबाट दैनिक हजार लिटर दूधसंकलन हुँदै आएको छ फागुन, चैत, वैशाख जस्ता सुक्खा सिजनमा समेत दैनिक सरदर ४ सय लिटर दूध संकलन भएको गौशाला स्थित चिलिङ सेन्टरले जनाएको छ ।
 
प्राइभेट डेरीले गाउँ गाउँमा संकलन केन्द्र खोलेर दूध खरिद गरिदिनाले किसानलाई हाइ सन्चो थियो ।
 गाउँका वृद्धवृद्धादेखि घुम्टोका ढेकी नवविवाहिता सम्मलाई संकलन केन्द्रमा दूध प¥याउन सजिलो भयो ।
 
संकलन केन्द्रको सुविधाले पनि ग्रामीण भेगका किसान पशपालन तर्फ थप आकर्षित हुँदै गएका थिए ।
 
 प्राइभेट डेरीले संकलन गरेका दूध चिलिङ सेन्टरमा पु¥याउने र चिलिङ सेन्टर बाट ढल्केवर स्थित डीडीसीको जनकपुर दूध वितरण आयोजनाले लिएर जाने ।
 
 यही चक्रमा खरिद गरिएको दूधको हरेक दुई सातामा भुक्तानी पनि हुँदै आएको थियो ।
 
 प्राइभेट डेरीले आयोजना बाट भुक्तानी पाए लगत्तै किसानको घरमै पुगेर चुक्ता गरिदिने हुँदा पैसाका लागि उखु जस्तो पर्खनु र दौडधुप गर्नुपर्ने झन्झट पनि थिएन ।
 
 यस्ता सुविधाले गर्दा दूध उत्पादन किसानका लागि आय आर्जनको भरपर्दो माध्यम बनेको थियो ।
 
ढल्केवरस्थित जनकपुर दूध वितरण आयोजनाका म्यानेजर योगेन्द्र साहका अनुसार मिल्क होलिडेको समस्या महोत्तरीको मात्र नभई आयोजनामा दूध आपूर्ति हुँदै आएको सर्लाही, सिन्धुली, धनुषा र उदयुरका कृषकको समेत हो ।
कान्तिपुर
 


यसमा तपाईको मत