• :
  • :
    • On Air
    • Sapna sapne Rahigel
    • Up Next
    • Hindi Filmi Songs

समाचार

मदरसा विधेयकमा शंकैशंका

मदरसा विधेयकमा शंकैशंका जनकपुरधाम, असाेज २३ गते । मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा समेटन प्रदेश सरकारले ल्याइएको मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकमा सांसदहरूले शंका गरेका छन् । विधेयकमा दातृ निकायबाट आउने सहयोग सीधै बोर्डले प्राप्त गर्ने, आफ्नो सम्पत्ति किनबेच गर्न पाउनेलगायत प्रावधानमा सांसदहरूले आपत्ति जनाएका हुन् । प्रदेशसभाको सोमबारको बैठकमा सत्तापक्ष र विपक्षका दर्जन बढी सांसदले मदरसा विधेयकलाई परिमार्जन गर्नुपर्ने सुझाव दिएपछि आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले विशेष समितिमार्फत छलफल गर्न तयार रहेको बताए । राजपाका सांसद मनीष सुमनले विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएका बेला छुट्ट्रै मदरसा बोर्डले अधिकार क्षेत्र मिच्ने बताए । उनले मुस्लिम बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउने प्रदेश सरकारको सोच स्वागतयोग्य रहे पनि विधेयकमा रहेका त्रुटि सच्याउनुपर्ने माग गरे । कांग्रेस सांसद उपेन्द्र कुशवाहाले मुस्लिम बालबालिकालाई शिक्षाको मूलधारमा जोड्न माध्यमिक तहसम्मको पढाइ नि:शुल्क गर्नुपर्ने माग गरे । नेकपाका सांसद सीता गुरुङले मुस्लिम समुदायमा रहेको बुर्का प्रथा अन्त्यको माग गरिन् । अर्की सांसद मञ्जु यादवले सार्वजनिक शिक्षामा मुस्लिमको पहुँच बढाउनुपर्ने माग गरिन् । सांसद गोविन्दबहादुर न्यौपाने, सुन्दरबहादुर विश्वकर्मा, जगत यादव, रामकुमार यादवले विधेयकमा धेरै त्रुटि र अमूर्त कुरा समेटिएकाले सच्याउन माग गरे । नेकपाका सांसद जगत यादवले विधेयकमा समेटिएको दातृ निकायको सहयोगलाई इस्लामिक आततायी संगठनसँग जोडेर व्याख्या गरेपछि सत्तापक्षका सांसदहरूले आपत्ति जनाएका थिए । नेकपाका सांसद मोहम्मद समिमले मुस्लिमलाई अर्कै आँखाले हेर्ने धारणामा परिवर्तन आउनुपर्ने बताए । उनले संघीय सरकारले नै बोर्ड गठन गरेको र मदरसा शिक्षा समुदायकै सहयोगमा चलेकाले यसलाई गलत नअथ्र्याउन आग्रह गरे ।

यसमा तपाईको मत