• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

तेजाव प्रहार गर्ने छिमेकी पुर्पक्षकालागि थुनामा

तेजाव प्रहार गर्ने छिमेकी पुर्पक्षकालागि थुनामा तेजाव प्रहार गरेको आरोपमा पक्राउ परेका रौतहट चन्द्रपु ६ का रामवावु पासवानलाइ जिल्ला अदालत रौतहटले पुर्पक्षमा राख्ने आदेश दिएको छ । चन्द्रपुर नगरपालीका ६ की १८ वर्षीया सम्झना कुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारी माथि तेजाव प्रहार गरेको आरोपमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरी अनुशन्धान पछि मंगलवार जिल्ला अदालतमा पेश गरेको र पुपक्र्षका लागी जेल चलान भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जनाएका छन । तेजाव प्रहार बाट गम्भिर घाइते भएकी सम्झनाको उपचारको क्रममा ज्यान गएको थियो । घटनाको ६ दिन पछि बिरामीको कुरुवा बस्न गएका घाइतेहरु किशोरीहरुका छिमेकी समेतरहेका ५० बर्षिय पासवानलाई किर्तिपुर अस्पतालबाट प्रहरीले पक्राउ गरेको थियो । रौतहट जिल्ला अदालतका न्यायधिस अम्विका निरौलाको इजलासले आरोपी पासवानलाइ पुपक्र्षमा राखेर कार्वाही अगाडी बढाउने आदेश भएको रौतहट अदालत श्रेस्तेदार गुणराज पराजुलीले जनाएका छन । गएको भदौ २६ गते राती करिब १२ बजे सम्झना र सुस्मिता दास सुतिरहेको अवस्थामा तेजाव प्रहार भएको थियो । १८ बर्षिया सम्झनाको उपचारको क्रममा असोज ८ गते बिहान मृत्यू भएको थियो । पक्राउ परेका पासवानको मोवाइलको कल डिटेल, पिडित किशोरीका बाबुको किटानी जाहेरी, किशोरीहरुको बयानको आधारमा अस्पताल बाट नै पासवानलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो । तेजाव प्रहार गरेर अनुहार कुरुप पारे ५ बर्ष देखि ८ बर्ष कैद र १ देखि ५ लाख सम्म जरीवाना , शरिरको अन्य भाग कुरुप बनाए वा शरिरमा पिडा गराएमा ३ देखि ५ बर्ष सम्म कैद र ५० हजार देखी ३ लाख जरीवाना हुने व्यवस्था रहेको छ ।

यसमा तपाईको मत