• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

लागू औषध तथा मदिरा मुक्त प्रदेश गर्न माग

लागू औषध तथा मदिरा मुक्त प्रदेश गर्न  माग जनकपुरधाम, असाेज २३ गते । नेकपाका प्रदेश सांसद दिलिप कुमार साहले प्रदेश २ लाई लागू अाैषध र मिदरा मुक्त बनाउन प्रदेश सभामा विशेष प्रस्ताव पेस गरेका छन । मंगलबार प्रदेशसभा बैठकमा सांसद साहले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७१ बमोजिम लागू औषध तथा मादक पदार्थ दुव्र्यसनी अन्त्यका लागि प्रस्ताव पेश गरेका छन् । सांसद साहले लागु औषधिको दुरुपयोगले प्रदेशमा १०–१५% युवा पुस्ताको भविष्य तहस–नहस भईरहेकोले लागू औषध तथा मदिरा मुक्त प्रदेश घोषणाको माग गरेका थिए । प्रस्तावमा खासगरी सिमावर्ती क्षेत्रमा यसको दुरुपयोग बढी भईरहेको र यस सम्बन्धमा प्रदेशको शान्ति सुरक्षा सम्बन्धी काम गरिरहेको प्रहरी प्रशासन पनि केही खास उपलब्धि प्राप्त गर्न नसकेकोले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको उल्लेख छ ।” प्रस्तावमा लागू औषधी नियन्त्रण ऐन २०३३ ले लागू औषध व्यवसाय तथा सेवन गर्नेलाई दण्ड साजयको व्यवस्था गरेपनि नियन्त्रण भन्दा बाहिर जादै विकराल रुप लिदैछ । यसले एकातिर प्रयोग गर्नेको स्वास्थ्य विग्रीन्छ भने, अर्कोतिर सम्बद्ध परिवार लगायत समाजमै नराम्रो प्रभाव पार्ने भएकोले तुरुन्त आवश्यक कानून ल्याई यसको प्रभावकारी कार्यान्वयनको माग गरेको छ । प्रस्तावमा सांसद मो. समिम र फुलिया देबी सदायले समर्थन गरेका थिए । प्रभाव उपर सैद्धान्तिक छलफल गर्दै नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले मदिरा मुक्त क्षेत्र घोषणा गर्न त्यसको राजश्व करको प्रभाव, गर्न सक्ने क्षमता, आर्थिक ब्ययभार लगायतका विषयमा गहन अध्ययन गरेर मात्र यो विषयको टुङ्गो लगाउन माग गरेका थिए । उनले विषय अत्यन्त गम्भीर र चाख लाग्दो भएपनि हचुवाको भरमा प्रदेशलाई मदिरा÷लागु औषध मुक्त नहुने दाबी गरे । उनले मदिराको व्यापार व्यवसायबाट अर्थतन्त्रलाई धानेका कारण एकैपटक यस्तो निर्णयमा गहन अध्ययन पश्चात मात्र प्रवेश गर्न मिल्ने बताए । सांसदमा उठेको प्रश्नहरुको जवाफ दिदै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले लागु औषध तथा मदिराका कारण ८० प्रतिशत घटना घट्ने भएका कारण कानूनलाई कार्यान्वयन गर्ने पक्ष भनिएका प्रहरी, कर्मचारी र सरकार विना असम्भव रहेकोले आफ्नै मेकानिजमा तयारका लागि सांसदहरुसंग आग्रह गरे ।

यसमा तपाईको मत