• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेशसभाकाे उधारो तत्काल भुक्तानी गर्न माग

प्रदेशसभाकाे उधारो तत्काल भुक्तानी गर्न माग जनकपुरधाम, असोज २३ गते । कांग्रेका सांसद शिवचन्द्र चौधरीले संसद सचिवालयले उधारोमा किनेको समानको तत्काल बिल भुक्तानी गर्न माग गरेका छन् । उनले प्रदेशसभा गठन भएको ८ औं महिना वित्न लाग्दा पनि अmभैसम्म पसलेलाई भुक्तानी उपलब्ध नगराउनु लज्जास्पद रहेको बताए । सांसद चौधरीले मंगलवार प्रदेशसभामा बोल्दै संसदीय विकास कोषबाट विकासको रकम निर्वाचन क्षेत्रमा सांसदहरुले खर्च गरे नगरेको संसदीय अनुगमन समिति गठन गरेर निक्यौल गरिनुपर्ने माग गरे । संदनमा गोविन्द बहादुर पोखरेलले सप्तरीको शुम्भुनाथ नगरपालिकामा वर्षौदेखि बसोबास गर्दै आएको व्यक्तिको घरटहरा हटाएर, गरिब दिन दुःखीलाई चाडबाडको समयमा घरबार विहिन बनाएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए । नेकपाका सांसद ज्वाला कुमारी साहले प्रदेश संसद जस्तो गरिमामय ठाउँमा उधारोमा फर्निचर सहित आवश्यक भौतिक पुर्वाधारको सरसामग्री ल्याई महिनौं सम्म विल वापतको रकम नतिर्नु आफ्नै गरिमा खसाउनु सरह रहेको बताए । उनले २ नम्बरी प्रदेशमा २ नम्बरी काम जनताले भन्न थालिसकेकोले र त्यसलाई सरकारले प्रोत्साहन गरेको आरोप समेत लगाए । प्रायः संसद बैठकहरुमा संसदीय छानबीन समितिको माग उठिरहेको बेला सभामुख सरोज कुमार यादवले संसदीय दलका नेताहरुसंग छलफल गरेर अर्को बैठकमा समिति चयनका लागि प्रस्ताव अघि बढ्ने आश्वासन दिए ।

यसमा तपाईको मत