• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुनेःमुख्यमन्त्री राउत

प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुनेःमुख्यमन्त्री राउत
आश्विन २५ गत्ते,जनकपुरधाम । 
 
मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश प्रहरी गठन गर्न लागेको बताउनुभएको छ । 
 
६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं.२ जनकपुरधामले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो । 
 
प्रहरी प्रणालीलाई पुर्नसंरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण गर्नु आजको आवश्यक्ता रहेको उहाँले थप्नुभयो । 
 
समायोजन, सहकार्य र समन्वय संघीय प्रहरी ऐन बमोजिम नै हुने मुख्यमन्त्री राउतले स्पष्ट पार्नुभयो ।  
 
संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको हुनाले सोही बमोजिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न लागेको उहाँले थप्नुभयो । 
 
प्रहरी संगठनले परिवर्तित परिवेशको भावना अनुरुप कार्य गर्ने विश्वास लिएको छु– उहाँले भन्नुभयो । प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग छ, उहाँले भन्नुभयो–यसले संघीयतालाई आत्मसात गरेको छ ।
 
सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अवशेषमुखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।  
 
प्रदेश २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला हिंसा न्युनिकरणमा समाज र प्रहरीको दायित्व विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । 
 
प्रहरी कार्यमा सहयोग गरेका सहयोगीहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो उनीहरुलाई मुख्यमन्त्री राउतले पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । 
 


यसमा तपाईको मत