• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जनकपुरमा झिझियाको रौनक

जनकपुरमा झिझियाको रौनक
अश्विन २६ गत्ते,जनकपुरधाम ।
 
जनकपुर उपमहानगरपालिका–७ जानकी नगरकी ५० वर्षीया समुन्द्री सदा त्यही घैला टाउकोमा राखेर मध्यरातसम्म नाच्छिन् । 
 
‘तोहर भरेसोे ब्रम्हबाबा झिझिया बनेलियै हो । ब्रम्हबाबा झिझिया पर होइयो ना सबार’ निरन्तर बजिरहने यही गीतमा सदासँगैउनकोसंगिनीहरू नाचिरहेको हुन्छ ।
 
 मिथिलाञ्चलमा घटस्थापनादेखि झिझिया नृत्य सुरु भएको छ । 
 
दसैंसम्म नाचिने यो नृत्यले भुतप्रेतलाई भगाउन विश्वास छ ।  माटोको भाँडामा आगो बालेर छमछम नाचेर झिझियाको माहोल तताउनेमा ३० वर्षीया ललिता सदा पनि हुन्। 
 
झिझिया नृत्य हेर्न स्थानीयको घुँइचो लाग्छ । दर्शकले नृत्य टोलीलाई नगद पुरस्कार दिएर मनोबल बढाउँछ ।
 
 जनकपुरको जानकी नगरका मुसहर समुदायलाई दसंैको चटारो छ । 
 
उनीहरू दिउँसो काम सकाएर सकालै घर आएर झिझियाको तयारी गर्छन्। 
 
सकालै खाना खाएर झिझिया नाच नाच्न भेला भएर जनकपुरकोशक्ति पीठहरूमा नाच्न भ्यानभ्याइ छ ।
 
 जनकपुरको भ्रमरपुरा चोक, रामानन्द चोक, रजौल, राजदेवी मन्दिर, बंशि सुरिलो भाकामा गाउने दोहरी गीतको माधुर्यले त झन सुरम्य बनेको छ । 
 
मिथिलाको विशुद्ध साँस्कृतिक झलक प्रदर्शन गर्ने यस पर्वमा झिझिया नृत्यको मौलिकताले विशेष महत्व राख्ने गरेकोे छ । 
 
ग्रीष्मको बिदाइ र शीतको आगमन सँगै नवरात्रि भरि गाइने गीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्द विभोर बनाइदिने गर्दछ । 
 
मिथिलाञ्चलको पहिचान बोकेकोयस नृत्यमा दलित महिलाहरूको बढी सहभागिता हुने गर्दछ । 
 
उनीहरू घटस्थापनाभन्दा अगाडि नैमाटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्रा प्रारम्भ भएपछि ५ देखि २५ जनाकोसमूहमा रही सोघैंटोहरूमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्दछन्। 
 
मिथिलाञ्चलमा व्याप्त बोक्सीप्रति तीखो व्यंग्य गर्दै प्रदर्शन गरिने झिझिया नृत्यमा महिलाहरूलेबत्ती बालेकोघैंटो टाउकोमा राखी नाच्दै, गाउंँदैगाउँदै परिक्रमा गर्छन् ।
 
 महिलाहरू घरघर डुल्ने गर्दछन्। तिनीहरू जसको घरमा जान्छन् घरधनीले मटितेल वा रकम दिने परम्परा रहेको जनकपुर–८ की विमला देवी बताउँछिन् ।
 
 नृत्य नै झिझियाको प्रमुख विशेषताका रूपमा मानिन्छ । बोक्सीले आफ्नो जादुको प्रयोग प्रायः मध्य रात्रि पछि गर्ने विश्वासका कारण यी नृत्य पनि मध्य रातमा प्रारम्भ हुन्छ ।
 


यसमा तपाईको मत