• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत

खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत जनकपुरधाम, २६ असोज । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित भइरहेको जिकिर गर्नुभएका छन् । धनुषाको सबैला नगरपालिकामा शुक्रबार प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले खेलाडीको भविष्यलाई लिएर राज्य गंभिर नहुँदा खेलप्रतिको आकर्षण घट्दै गएको तर्क गर्नुभयो । खेल र खेलाडीको भविष्यप्रति प्रदेश सरकार गंभिर छ, उहाँले भन्नुभयो–खेलाडीको जीविकोपार्जनको ग्यारेन्टी गर्छ । स्वस्थ र अनुशासित बनाउन खेलको भूमिका महत्वपूर्ण रहेकोले यसको विकासमा प्रदेश सरकारले आप्mनो तर्पmबाट हरसम्भव प्रयास गर्ने धारणा उहाँले राख्नुभयो । विजयादशमीको अवसरमा स्थानीय आदर्श युवा क्लव(एसीटी) ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोहमा खेल र खेलाडीप्रति राज्यको रवैया सकारात्मक हुन नसकेकोले खेलमा पछाडी परेको उहाँले दावी गर्नुभयो । उहाँले संघीय सरकारको असहयोगका कारण प्रदेशमा काम गर्ने वातावरण बन्न नसकेको तर्क गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य चमेली देवी दास, सबैला नगरपालिकाका प्रमुख विजयशंकर प्रसाद साह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विभिन्न जिल्लाका २० टोली सहभागी रहेको प्रतियोगिताको फाइनल आउँदो कात्तिक २ गते हुने भएको छ । विजेता टोलीलाई नगद २१ हजार र उपविजेता टोलीलाई ११ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक क्लबका सचिव जीतेन्द्र साहले बताए ।

यसमा तपाईको मत