• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरको दशै बजारमा ‘सस्ता सामान’ आकर्षण

जनकपुरको दशै बजारमा ‘सस्ता सामान’ आकर्षण
 
आश्विन ३० गत्ते,जनकपुरधाम ।
 
दशैंमेलाको अवसरमा हरेक वर्ष जनकपुरको गोपाल धर्मशाला परिसरमा सञ्चालन हुने अस्थायी बजारमा सस्तो सामान खरिद गर्ने सर्वसधारणको घुइचो लागेको छ ।
 
उक्त बजारमा पुग्ने अधिकांसले ६ महिनादेखि वर्ष दिनसम्म पुग्ने दैनिक उपभोग्य वस्तु खरिद गर्छन् । 
 
 
घटस्थापनाको दिन सुरु भएर अष्ठमीसम्म सञ्चालन हुने उक्त बजारमा बाहिर र भित्रगरी  राखिएको स्टालमा समान किन्नेको भिड लाग्ने गरेको छ ।
 
बजारबाट मुख्यतः चाउचाउ, अगरबत्ती, साबुन, सर्फ, चियापती, बिस्कुट, चिनी, कपडा, चप्पलजुत्ता र सृंगारका सामानको बिक्री बढी हुने उद्योग वाणिज्य संघ जनकपुरका महासचिव जितेन्द्र महासेठले बताए । 
 
वर्षमा जम्मा ८ दिन लाग्ने दशैं बजारका स्टलहरुको कारोबार लाखौमा हुने गरेको महासेठले बताए ।
 
दशैं बजार भनिएपनि सर्वसधारणले अस्थायी बजारलाई सस्ता बजार बुझछन् । 
 
यहा बाहिरको बजारभन्दा कम मूल्यमा सामान पाइने भएर सस्तो बजार भनिएको साबुनको मोलतोल गर्दै भेटिएकी कौशिल्या देवीले भनिन्, ‘बाहिर १५ रुपैयामा पाइने साबुन यहा १२ रुपैयाँमै पाउँछन् ।’
 
 
साबुन र सर्फका स्टाल सञ्चालकहरुले थोक मात्रामा बिक्री हुने भएर बजारको भन्दा सस्तोमा सामान बेच्न सम्भव भएको बताए ।
 
 बजारमा सबैभन्दा बढी साबुन र सर्फ बिक्री हुने जनकपुरको यही बजार हो । 
 
गोपाल धर्मशाला भवनको भित्र ३४ र टेन्ट लगाएर बाहिर ५५ स्टल गरी ८९ स्टलबाट दैनिक कारोबर करोड नाघेको महासचिव महासेठले बताए । 
 
बजार सुरुभएको ५ दिनमा ५ करोड भन्दा बढीको कारोवार भएको छ, महासेठले भने, ‘वर्षौ देखि लाग्दै आएको बजारको व्यवस्थापन उद्योग वाणिज्यसंघले गर्दै आएको छ ।’ 
 
 स्टलबाट संकलन हुने रकम मध्ये केही प्रतिशत धर्मशालाको जिर्णोद्धारमा दिएर बाकी संघले राख्ने गरेको छ । 
 
सोही पैसाबाट स्टालको सजावट, टेन्टका सामान, बिजुलीलगायत व्यवस्था गरिरहेको महासेठले बताए ।
 
 
दशैं बजारलाई नै केन्द्रित गरी जनकपुरको दशैं मेला व्यवस्थापन समिति गठन गरिएको छ । 
 
प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने उक्त समितिले बजारमा हुन सक्ने ठगी, गुणस्तरहिन सामानको बिक्रीवितरण र बेथितिलाई नियन्त्रण गर्ने जिम्मेवारी वहन गर्नुपर्ने नियम बनाइएको छ । 
 
 प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले उद्योग वाणिज्यसंघले व्यवस्थापन गरेको सस्ता बजारमा अनुगमन गरी गुणस्तरीय समान बिक्रि गरिएको बताए  ।
 


यसमा तपाईको मत