• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

बजार अनुगमन नहुँदा उपभोक्ता मारमा
आश्विन ३० गत्ते,सर्लाही ।
 
 यस वर्ष चाडपर्वको बेलामा समेत सर्लाहीको बजार अनुगमन हुनसकेको छैन ।
 
 सदरमुकाम मलंगवाको बजारमा एक दिन बजार अनुगमन गरिएको जस्तो गरिएपनि जिल्लाको अन्य ब्यापारीक केन्द्र बरहथवा, ईश्वरपुर, हरिवन, लालबन्दी, गैर लगायतका बजारमा अनुगमन हुन नसकेको हो ।
 
 
दशैं, तिहार, छठ लगायत प्रमुख पर्वमा हरेक सर सामानको ब्यापार बढ्ने गर्छ । 
 
यहि मौका छोपेर ब्यापारीहरुले अस्वभाविक भाउ बढाउ“दा सर्वसधारण उपभोक्ता मारमा परेका छन् । 
 
चाडवाडका बेला अस्वस्थकर मिसावट म्याद गुज्रेका सामानको समेत बिक्री हुने गरेको छ । तर बजार अनुगमनमा स्थानीय तहले समेत चासो देखाएको छैन ।
 
 
अहिले जिल्लाको प्रमुख ब्यापारीक केन्द्रहरुमा दशैंका लागी किनमेल गर्नेको भिडभाड छ । 
 
अनुगमन अभावमा बजार मह“गो भएकाले सर्वसाधारण उपभोक्ता ठगिने क्रम बढेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बिश्वनाथ ठाकुरले बताए । 
 
‘चाडपर्वको बेला प्रमुख बजारहरुमा उपभोक्ताको भिड छ, यस वर्ष अनुगमन नभएकाले उपभोक्ताहरु ठगिनु परेको गुनासो बढेको छ,’ उनले भने, ‘उपभोक्ता ठगीमा परिरह“दा स्थानीय प्रशासन र स्थानीय तह मौन बसेको छ ।’
 
 
अनुगमनको जिम्मा पाएका स्थानीय प्रशासन र स्थानीय तहले कर्मचारी अभावका कारण बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन नसकेको बताइरहेका छन् ।
 
 जसको फाइदा कालोबजारी गर्ने ब्यापारीले उठाइरहेका छन् । अधिकांश पसलहरुमा म्याद नाघेका सामान बिक्री भईरहेको छ ।
 
 पर्व नजिकिदै गर्दा व्यापारीले यस्ता सामान बिक्री गरेका हुन् । 
 
राष्ट्रिय महत्वका मुख्य चाडपर्व नजिकिदै गर्दा बजारमा अखाद्य र मिति सकिएका सामान बिक्री भएको भन्ने आम उपभोक्ताको गुनासो छ ।
 


यसमा तपाईको मत