• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

सोनामाई मन्दिर, जहाँ दसैंमा लाग्छ अनौठो भूत मेला !

सोनामाई मन्दिर, जहाँ दसैंमा लाग्छ अनौठो भूत मेला !
आश्विन ३० गत्ते,बारा ।
 
 
सिम्रौनगढ नगरपालिका–३ का धनेश्वर राउत यादवका ५ बर्षीय छोरा दिपकको गत बुधवार अपहरण गरी हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका आरोपित दुई जनाको परिवार गाउ“बाट विस्थापित भएका छन् ।
 
 
 बालकको अपहरण र हत्यापछि आक्रोसित गाउ“लेले बालकको छिमेकी हरेन्द्र यादव र श्यामसुन्दर बैठा (पक्राउ परेका अपहरण आरोपित) को घरमा तोडफोड गर्दा दुबैका परिवार गाउ“बाट आइतवारदेखि विस्थापित भएका हुन् ।
 
 
उनीहरुको बुवा–आमा, दाजुभाई, बहिनीलगायत सबै असुरक्षित महसुस गर्दै गाउ“बाहिर गएको एक स्थानीयबासिन्दाले बताए । 
 
बुधवार बालकको अपहरण भएको थियो । आरोपित दुबैले मोटरसाइकलमा बसाएर पैसाको प्रलोभन दिएर अपहरण गरेको प्रहरीले जनाएको छ । 
 
शव उनको घरबाट २ सय मिटर उत्तर झाडीमा शनिवार राती फेला परेको थियो ।
 
 
गाउ“मा अपहरण र हत्याको घटना सुनेका प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादव गाउ“ पुगेर पीडित परिवारलाई आइतवार नै भेटेर घटना विवरणबारे जानकारी लिएका छन् । 
 
अपहरण भएको चार दिनपछि बालकको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।
 


यसमा तपाईको मत