• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

दशैंको मुखमा द्वन्दपिडित बालगृहमा सहयोग

दशैंको मुखमा द्वन्दपिडित बालगृहमा सहयोग
आश्विन ३० गत्ते,सर्लाही ।
 
सर्लाहीको हरिवन नगरपालिका–५ स्थित द्वन्दपिडित बालगृहमा बागमती नगरपालिकाले एकलाख बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ ।
 
 दशैं मनाउन भन्दै बालगृहमा नगरपालिकामा सहयोग गरिएको हो ।
 
बागमती नगरपालिकाका मेयर भरत थापाले हरिवनको घुर्कौली स्थित द्वन्दपिडित बालगृहमा एकलाख बराबरको खाद्यान्न सामग्री सहित लत्ताकपडा र एकवटा खसि सहयोग गरेका हुन् । 
 
सोमबार एक समारोहका विच बालगृहमा एक लाख बराबरको सामग्री प्रदान गरिएको छ । 
 
अनाथ बालबालिकाले दशैंको मुखमा नया“ लत्ताकपडा सहित खसी सहयोग पाएपछि खुशी भएका छन् । 
 
दशैंको अवसरमा नया“ लुगा र मिठो खानेकुरा पाएपछि आफुहरुलाई खुशी लागेको बालगृहका बालबालिकाले बताएका छन् ।
 
अनाथ बालबालिकाको दशैं खल्लो नहोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री सहित लत्ताकपडा लिएर बालगृह पुगेको मेयर थापाले बताए । 
 
कार्यक्रमका अतिथीहरुले बागमती नगरपालिकाका मेयरले द्वन्दपिडित बालगृहमा सहयोग गरेको  कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।
 
 ४२ जना अनाथ बालबालिका रहेको बालगृह दाताको सहयोगमा चल्दै आएको बालगृहका संचालक सुरेन्द्र लामाले बताए ।
 


यसमा तपाईको मत