• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

पर्वका बेला मदिरा बिक्रिमा कडाई

पर्वका बेला मदिरा बिक्रिमा कडाई
 
आश्विन ३० गत्ते,रौतहट ।
 
नजिकिदै गरेको दशै, तिहार र छठ पर्वलाई लक्षित गरि प्रहरीले रौतहटका बिभिन्न स्थानमा घरेलु रक्सिको बिक्रिमा कडाई गरेको छ । 
 
यस अघि बिक्रिमा खासै चासो दिइएको थिएन । ईलाका प्रहरी चन्द्रनिगाहपुरले एक महिनाको अवधिमा बिभिन्न स्थानबाट ठुलो परिणामको अबैध रक्सि बरामद गरेको छ । 
 
यी सबै ग्रामिण भेगमा बिक्रिमा लागी लैजान लागेको हो ।
 
 
ईरिक्सा,बस तथा अन्य सबारीमा बोरा भित्र लुकाएर लैजान लागेको १ हजार ५ सय लिटर घरेलु रक्सि बरामद गरेको ईलाका प्रहरीका डिएस्पि यूवराज खड्काले बताए । 
 
प्रहरीले उक्त मदिरा खाडल खनेर नष्ट गरेको थियो । यसक्षेत्रका केही बस्तिको घर÷घरमा घरेलु मदिरा उत्पादन हुने गरेको छ ।
 
 प्रहरीले यस अघि छापा मारि नष्ट गरेको थियो । तर उत्पादनलाई निरन्तरता दिने गरेको पाईएको छ । 
 
पर्वका बेला रमाईलाको लागी मानिसले बढी मदिरा पिउने र बिभिन्न खाले घट्ने हुने हुदा यस्तो समयमा बढी ध्यान दिनु पर्ने प्रहरीको भनाई छ । 
 
अहिले गाउ“मा अबैध मदिरा उत्पादन गर्ने भट्टि र मदिरा बिक्रि गर्ने स्थानको पहिचानका लागी शादा पोशाकमा प्रहरी परिचालन गरिएको डिएसपि खड्काले जानकारी दिए ।
 
 
प्रहरीको आ“खा छल्न मदिरा ओसार पसारमा महिला संलग्न हुने गरेको पाईएको छ । 
 
महिला माथि प्रहरीको शंका नहुने भन्दै उनिहरुको सलग्नता पाईएको हो । 
 
ईलाका प्रहरीले अबैध रक्सि सहित २८ जनालाई पक्राउ गरेकोमा १६ जना महिला रहेका छन ।
 
 यस अघि जिल्ला प्रहरीले पक्राउ गरेका मध्ये अधिकाश महिला नै थिए । 
 
मदिरा ओसार पसारमा महिलाको संलग्नता बढी हुने गरेको प्रहरीको भनाई छ ।
 


यसमा तपाईको मत