• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

वडा अध्यक्ष फूटबल प्रतियोगिता सम्पन्न

वडा अध्यक्ष फूटबल प्रतियोगिता सम्पन्न
आश्विन ३० गत्ते,सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिकामा आयोजित वडा अध्यक्ष फुटबल प्रतियोगिताको उपाधी वडा नं. ६ ले जितेको छ । 
 
जित संगै वडा नं. ६ का टिमले ५१ हजार नगद एवं प्रथम शिल्ड प्राप्त गरेको छ ।
 
 
सोमबार सॉझ रानीगंजको खेल मैदानमा सम्पन्न फाईनल प्रतिष्पर्धामा ६ नं.वडाले आयोजक वडा नं. १७ लाई ३–२ गोलले पराजित गरेको हो । 
 
उपविजेता १७ नं.वडाले २५ हजार ५०० रुपैंयामै चित्त बुझाउनु परेको छ । 
 
लालबन्दी नगरपालिका अन्तर्गत १७ वटै वडाबाट टिम सहभागि भएको खेल असोज २१ गतेबाट सूरु भएको आयोजक १७ नं. वडा अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
 
 
विजेता एवं उपविजेता टिमलाई प्रमुख अतिथि लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले शिल्ड तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
 
 स्थानीय स्तरमा फूटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ । 
 
 


यसमा तपाईको मत