• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

मधेश अान्दोलनका घाइतेलाई सहयाेय गरेर जितेन्द्र सोनल दशमी मनाए

मधेश अान्दोलनका घाइतेलाई सहयाेय गरेर जितेन्द्र सोनल दशमी मनाए जनकपुरधाम, कार्तिक २ गते । प्रदेश २ को भौतिक पुर्ववाधार विकाश मन्त्री जितेन्द्र सोनलले बिजया दशमीको दिन मधेश आन्दोलनको जिउदो सहिद मुन्सी पटेललाई चाड पर्व तथा आउदै गरेको चिसोको मधयनजर गर्दै नगद पाँच हजार एक सय, चिसोबाट बच्न न्यानो कपडा ज्याकेट, गम्छा, गन्जी, कटु र उहाँको पत्नीको लागि साडी लगायत समाग्री प्रदान गर्नु भएको छ । पर्सा जिल्लाको बि.म.न.पा.वार्ड नम्बर २८ बगही निवासी मुन्सी पटेल सहोयोग लिदै भन्नुभयो, "तपाईं को सहयोग अतुलनिय छ, दिल्लीमा मेरो उपचारमा तपाईंको सहयोग रहेकाले कहिले बिर्सन सकिदैन । भेटघाट मा राजपा को केन्द्रिय सदस्य रामचन्द्र सिंह , २८ नम्बरको वार्द अध्यक्ष तथा गाउले हरुको उपस्थिति रहेको थियो ।

यसमा तपाईको मत