• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

विद्यालय विकासका लागि सम्पूर्ण तलब विद्यालयलाई दिईने वडाअध्यक्षको घोषणा

विद्यालय विकासका लागि सम्पूर्ण तलब विद्यालयलाई दिईने वडाअध्यक्षको घोषणा महोत्तरी, कातिक २ गते । महोत्तरीका एक वडाअध्यक्षले तलब वापत पाईने रकम विद्यालय विकासका लागि खर्च गर्ने भएका छन । गौशाला नगरपालिका १२ का वडाअध्यक्ष कृष्ण वहादुर विकले आफना बार्षिक रुपमा आउने तलब स्थानिय रामचन्द्र आधारभुत विद्यालय विकासका लागि खर्च गर्ने उदघोष गरेका छन । विद्यालयको आर्थिक अवस्था अत्यन्त न्युन भएपछि आफुले विद्यालय विकासका लागि रकम खर्चिने भएको वडाअध्यक्ष विकले बताउनुभयो । विहीबार विद्यालयले आयोजना गरेको विजियादशमी, दिपावली तथा छठपर्वको शुभकामना अदानप्रदान कार्यक्रमकाबीच वडाअध्यक्ष विकले सो घोषणा गरेका हुन । कार्यक्रममा नगरप्रमुख शिवनाथ महतो, उपमेयर आशा लामा लगायतका राजनितीकर्मी र शिक्षाप्रेमी लगायत सर्वसधारणको उपस्थित रहेको थियो ।

यसमा तपाईको मत