• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरमा सिलिण्डर विष्फोटमा परि एकको मृत्यु दुइजना घाइते

जनकपुरमा सिलिण्डर विष्फोटमा परि एकको मृत्यु दुइजना घाइते जनकपुरधाम, कार्तिक २। जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विष्फोटमा ग्यास वेल्डिङ पसल सञ्चाल गर्दै आएका जनकपुरधाम–७ बस्ने ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । शुक्रवार अपराह्न भएको उक्त घटनामा दुइजना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय १२ वर्षीय बालक रोेहन साह र अटो रिक्सा चालक बिहारको बैरगिनिया बस्ने राजु गुप्ता रहेका छन् । जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बसपार्क नजिक वेल्डिङ पसलमा शुक्रबार अपरान्ह ग्यास सिलिण्डर विष्फोट भएको हो । घाइते दुबैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बडाबाबु झाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको झाको भनाइ छ ।

यसमा तपाईको मत