• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

महोत्तरीकी आठ महिने शिशु सोनालीको बलात्कार गरी हत्या गरेको अभियुक्त पक्राउ

महोत्तरीकी आठ महिने शिशु सोनालीको बलात्कार गरी हत्या गरेको अभियुक्त पक्राउ
कार्तिक ४ गत्ते,जनकपुरधाम ।
महोत्तरीको औरही नगरपालिकाकी ८ महिने शिशु सोनाली चौधरीको हत्यारा पक्राउ परेका छन् ।
 
 सोनालीलाई बालत्कार गरी हत्या भएको झण्डै २ महिना पश्चात उनको हत्यारा महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।
 
सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको ईनरवा स्थित भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । 
 
महोत्तरीको भंगहा प्रहरीचोकीमा केहि महिना अघि ईन्चर्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरीचोकीमा कार्यत्त रहेको र उनकै टोलीले हत्यारा भरतलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
 
स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगी बालत्कार गरी निर्मम तरिकाले हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए ।
 
 शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो ।
 
 त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दे बस्दै आएका थिए ।
 
घटना पश्चत हत्यारालाई यथासिघ्र पक्राउ गरी कार्वाही गर्न औरहीबासी बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलन समेत गरेका थिए । 
 
हत्याराको स्थानीयबासिन्दा र प्रहरीले दुर्विनको सहायतालो चौरतिर खोजविन समेत गर्दा फेला परेको थिएन  ।
 


यसमा तपाईको मत