• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

कुर्थावासीले गरे जनकपुरमा प्रदर्शन

कुर्थावासीले गरे जनकपुरमा प्रदर्शन
कार्तिक ५ गत्ते,धनुषा ।
सडक विस्तारका क्रममा सार्वजनिक विद्यालय भनव भत्काएको भन्दै भन्दै कूर्थावासी जनकपुरमा प्रदर्शन गरेका छन् ।
 
 उनीहरुले आइतबार जनकपुर उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ समेत गरेका छन् ।
 
सडक विस्तारको नाममा गत वैशाख पहिलो साता जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ स्थित कुर्थामा रहेको राजर्षि जनक उच्च माध्यमिक विद्यालयको कम्पाउन्ड वाल र कक्षा कोठाको पर्खाल डोजर लगाई भत्काइएको थियो ।
 
वडा नं. २१ का अध्यक्ष प्रमेश्वर महासेठको प्रत्यक्ष निर्देशनमा विद्यालयको भवन र वाल भत्काउनुको साथै सडकको जग्गा मिचेर वडा कार्यालय निर्माण गरेको कुर्थाबासीको आरोप छ । 
 
सोहिको विरोधमा कुर्थाबासीले जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, जनकपुर उपमहानगरपालिका २१ का वडाध्यक्ष रामेश्वर महासेठ र  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको विरोधमा चर्का नाराबाजीसमेत गरेको स्थानीय युवा नेता सम्भु निर्दोशीले बताएका छन् ।
विद्यालयको कम्पाउण्ड वाल र ६ वटा कक्षाकोठा समेत भत्काउँदा विद्यार्थीलाई पठन पाठन गर्न समस्या हुनुको साथै सडकमा गाडी गुड्दा उड्ने धुलोले विद्यार्थी र शिक्षकलाई समेत स्वास्थ्यमा समस्या गर्ने गरेको प्रधानाध्यापक विरेन्द्र यादवले गुनासो गरे ।
विद्यालयको वाल र भवन भत्काएको र सडक मिचेर वडा कार्यालय निर्माण गरेकाले स्थानीय बासी वडाध्यक्षको आलोचना गर्ने गरेका छन् भने अर्का पक्ष सडकमा विद्यालय भवन र वाल परेकाले भत्काएको भन्दै वडाध्यक्षको पक्षपोषण गर्दै आएका छन् । स्थानीय युवा नेता शम्भू निर्दोषीका अनुसार वडाध्यक्षको विरोध गर्नेहरुलाई स्थानीय प्रशासनले दुःख दिएको र शनिबार राति प्रहरीले स्थानीय राजु साह सोनार, विल्टु राउत, सेफर महासेठ र परमेश्वरमण्डललाई पक्राउ गरी रिहा गरेको थियो ।
 


यसमा तपाईको मत