• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

आन्दोलनरत्त मिटर रिडर आजदेखि काममा फर्किर्दै

आन्दोलनरत्त मिटर रिडर आजदेखि काममा फर्किर्दै
कार्तिक ६ गत्ते,जनकपुरधाम ।
 
सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रेका मिटर रिडरहरु भोली मंगलबारदेखि काममा फर्किने भएका छन् ।
 
 गत असोज १६ गतेबाट आन्दोलनमा उत्रेका विद्युत प्राधिकरण अन्तर्गत काम गर्ने मिटर रिडरहरु तत्काल आन्दोलनलाई स्थगित गरी मंगलबारदेखि काममा फर्किन लागेका हुन् ।
 
 
उर्जामन्त्रालय, विद्युत प्राधिकरण र प्राधिकरणसंग सम्बन्धित संघ संगठनहरु आफुहरुको मागप्रति सकरात्मक रहेको अश्वासन दिएको र बिचमा हिन्दु धर्मावलम्बीहरुको महान चाडतिहार दीपावली र छठपर्व परेको कुरालाई मध्यनगर गर्दै तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थागित गरी काममा फर्किने निर्णयमा पुगेको मिटर रिडर संघर्ष समितका सचिव उज्वल झाले जनकारी दिएका छन् ।
 
ज्यालादारी सरह सेवा सुविधा पाउनुपर्ने लगायतको पाँच सुत्रिय माग राख्दै विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुर मुजेलिया र विराटनगर प्राधिकरण अन्तर्गत काम गर्ने ३ सय ५० मिटर रिडर आन्दोलनमा उत्रेका थिए । 
 
उनीहरु कामकाज ठप्प गरी क्षेत्रिय विद्युत प्राधिकरणमा धर्ना समेत बसेका थिए ।
 
पहाडी जिल्लाका मिटर रिडरहरुलाई ज्यालादारीमा राखेपनि महोत्तरी,धनुषा,सिरहा,सपतरी, लगायत तराई जिल्लाका मिटर रिडर गोटा रिडिंगमा काम गर्दै आएका छन् ।
 
 उनीहरुले पनि पहाडी जिल्लाका मिटर रिडर सरह ज्यालादारी श्रेणीमा पर्ने माग गर्दै आएका छन् ।
 
यथासिघ्र माग पुरा नभए दोश्रो चरणमा कडा आन्दोलनको कार्यक्रम घोषणा गरी पुनः आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।
 


यसमा तपाईको मत