• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

जनकपुरमा ट्रयाक्टर र स्कुटी ठोक्किँदा एकको मृत्यु, एक घाइते

जनकपुरमा ट्रयाक्टर र स्कुटी ठोक्किँदा एकको मृत्यु, एक घाइते
कार्तिक ६ गत्ते जनकपुरधाम । 
जनकपुरमा ट्रयाक्टर र स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । 
 
जनकपुर –ढल्केवर सडकखण्ड अन्तर्गत मुजेलीयामा भएको उक्त दुर्घटनामा जनकपुर उपमहानगरपालिका १० का ३२ वर्षीय सन्दिप नायकको मृत्यु भएको हो ।
 
 दुर्घटनामा गम्भीर घाइते भएका सन्दिपको उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
घटनामा सोही वडा बस्ने स्कुटी चालक राकेश साह घाइते भएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 
 
सोमवार विहान उत्तरतर्फबाट जनकपुर आउँदै गरेको ज २ त ११३ नम्बरको ट्रयाक्टर र मासु किन्न पिडाडी चोकबाट मुजेलियातर्फ जाँदै गरेको ज ९ प ६१३३ नम्बरको स्कुटी एकआपसमा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 
मृतक नायकको शव पोष्टमार्टमकालागि अञ्चल अस्पतालमा राखिएको छ । 
 
ठोक्कर दिने ट्रयाक्टर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


यसमा तपाईको मत