• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

सशस्त्र प्रहरीको घुमुवा अख्तियारको फन्दामा

सशस्त्र प्रहरीको घुमुवा अख्तियारको फन्दामा
 कार्तिक ७ गत्ते,जनकपुरधाम ।
 
जनकपुरको कदम चोकबाट सशस्त्र प्रहरीको घुमुवालाई घुस सहित पक्राउ परेको छ । 
 
सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय धनुषामा दरबन्दि भई जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहायक हवल्दार चन्देश्वर गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश २ को कार्यालय बर्दिबासले पक्राउ गरेको छ ।
 
 घुस बापत लिएको ११ हजार गिरीको साथबाट अख्तियारको टोलिले बरामद गरेको छ । 
 
भारतबाट समान ल्याउन लाइन मिलाइदिने भन्दै व्यापारिबाट गिरीले घुस लिएका थिए । पक्राउ परेका गिरीलाइ नियन्त्रणमा लिएर टोलिले अनुसन्धान थालेको छ ।
ार गर्नुपर्ने बेला आएको छःमन्त्री पोखरेल


यसमा तपाईको मत