• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

खुल्ला सिमानाले लागुऔषध र मदिरा तस्करी बढेकोमा नेपाल भारतका पत्रकारहरुद्वारा चिन्ता व्यक्त

खुल्ला सिमानाले लागुऔषध र मदिरा तस्करी बढेकोमा नेपाल भारतका पत्रकारहरुद्वारा चिन्ता व्यक्त
मिथिलाञ्चल समाचारदाता
कार्तिक ११ गत्ते,जनकपुरधाम ।
नेपाल भारतका पत्रकारहरुले खुल्ला सिमानले दुइ देशको सिमा क्षेत्रमा लागुऔषध र मदिरा तस्करी बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
 
 नेपाल भारत महिला मैत्रि समाज जनकपुरमा आयोजना गरेको नेपाल भारत क्रस बोर्डर कन्भरसेसन प्रोग्रामा दुुइ देशका पत्रकारहरुले नेपालबाट मदिरा र भारतबाट नेपाल तर्फ लागुऔषध तस्करीकरी सुरक्षा चुनौतीसंगै समाजमा अपराधम ौलाएकोमा चिन्ता व्यक्त गरे ।
 
बिहारमा प्रतिबन्ध मदिरा नेपालबाट तस्करी गरी भारतमा हुने बेचबिखने महिला हिंसा संगै दुर्घटना बढेको भारतीय पत्रकार एस के त्रिपाठीले बताए ।
 
 नेपाली मदिराले भारतीय समाजमा नकारात्कम असर पारेकोमा पत्रकार त्रिपाठिले चिन्ता व्यक्त गरे । 
 
कार्यक्रममा नेपालका पत्रकारहरुले नेपालमा प्रतिबन्धित लागुऔषत्रध भारतमा खुल्ला विक्रि बितरणले युवा जमात क’लतमा फसेको बताए ।
 
 भारतीय मेडियामा नेपालबाट गएको मदिराले स्थान पाएपनि नेपालमा बेच्न रोक लगाएको औषधी सिमावर्ती क्षेत्रमा ख’ल्ला विक्रि हुदा नेपाली युजा कुलतमा फसेको समचार मेडियाले उठान नगरेको टिप्पणि गरे ।
 
महोत्तरीका पत्रकार रबिन्द्र उप्रेतीले भारतीय सञ्चार माध्यमलाई लागुऔषध बारे लेख्न आग्रह गरे । 
 
नेपाल भारत महिला मैत्री समाजका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीको अध्यक्षतामा समपन्न उक्त कार्यक्रमको प्रमुख अतिथि भारतीय राजदुतावासका डिसिएम डा अजय  कुमारले नेपाल भारतको सम्बन्ध मात्र ७० सालको नरहेको भन्दै पुर्वजको सम्बन्ध र खून पसिनाको सम्बन्ध रहेको बताए ।
 
 
यस सम्बन्धलाई कायम राख्नु र अझ प्रगाढ बनाउने काम हाम्रो रहेको बताउँदै उनले भने नेपालीहरु मत्रै भारत पढन वा उपचार गराउन जाँदैनन । 
 
पछिल्लो वर्ष १५० जना भारतबाट नेपालमा एमबिबिएस पढन आएको भन्दै आँखा जचाँउन पनि सिमापारका भारतीय नेपाल आइरहेको बताउँदै डा कुमारले अब नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीले अहम् भुमिका खेल्नुपर्दछ बताए  ।
 

 



यसमा तपाईको मत