• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

श्रीमानको कुटपिटबाट धनुषाको सपहीमा श्रीमतीको मृत्यु, श्रीमान फरार

श्रीमानको कुटपिटबाट धनुषाको सपहीमा श्रीमतीको मृत्यु, श्रीमान फरार
 
कार्तिक ११ गत्ते,धनुषा ।
 
धनुषाको सपहिमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । 
 
दुई दिन देखि लगातार भएको झगडाको क्रममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ ।
 
लक्ष्मिनिया गाउपािलका –४ सपहीका २५ वर्षीया रुवि ठाकुर शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
 २७ वर्षीय श्रीमान सञ्जय यादवको कुटपिटिबाट श्रीमती रुवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्र नगारका प्रहरी निरीक्षक अरुण कुशवानहाले बताए ।
 
दुई दिनत देखि घरमान झगडा हुदा सञ्जयले श्रीमतीलाई निर्घात क्ुटपिट गरी उपचार नगराउदा रुवीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको कुशवाहाले बताए ।
 
 
रुवीको र्मतयु पछि श्रीमान सञ्जय फरार भएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
मृतक रुवीको ३ वर्षीया एक छोरी छ । ५ वर्ष अघि संजय संग रुवीले प्रेम विवाह गरेका थिए ।
 


यसमा तपाईको मत