• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

हत्या आरोपमा साथीसहित चार छिमेकी पक्राउ

हत्या आरोपमा साथीसहित चार छिमेकी पक्राउ
 
जनकपुरधाम, कार्तिक १२ गते । 
राजविराज नगरपालिका ६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनकै साथीसहित चार जनालाई पक्राउ गरेको छ ।
 
 
हत्या आरोपमा छिमेकी ४० वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी राउत, ३२ वर्षीय शंकर राउत र ३० वर्षीय सुरज मेहतरलाई पक्राउ गरेर आइतबार कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको एसपी राजेन्द्र विष्टले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी देवको टाउकोमा इँटाले प्रहार गरी हत्या गरेको अवस्थामा देवको शव दसैंको टीकाको दिन भेटिएको थियो । 
 
 
एसपीको निवाससँगै जोडिएको घरमा रहेको मृतकको घरको पूर्व पट्टी सामुन्ने डीएसपी र इन्स्पेक्टरको निवास छ । 
 
 
बलात्कारपछि हत्या भएको आशंकामा फोरेन्सिक परीक्षणका लागि शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।
 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 


यसमा तपाईको मत