• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २ च्याम्पियन

प्रदेश २ च्याम्पियन
कार्तिक १३ गत्ते,जनकपुरधामा ।
इटहरीमा सोमबार सम्पन्न तेस्रो यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेटको उपाधि प्रदेश २ टिमले जितेको छ । उसले आयोजक इटहरी क्रिकेट एकेडेमीलाई फाइनलमा १ सय १९ रन अन्तरले हराएको हो ।
 
विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँ पुरस्कार जितेका थिए। इटहरीस्थित नेपाल डीभीएम स्कुलको मैदानमा टस जितेको प्रदेश २ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रन बनायो। सोनु अन्सारीले सर्वाधिक ६०, रवि शाहले ५९, अमित यादवले २८, विकास दासले १९, विवेक यादवले १३ र तीर्थराज दासले १० रन बनाए।
 
 
इटहरीका विकल्प आचार्यले २, निशान महत, भूपाल लुइँटेल र राज थापाले १–१ विकेट लिए। २ सय २ रनको लक्ष्य पछयाएको इटहरी १६।२ ओभरमा अलआउट हुँदा ८२ रनमात्र जोड्न सफल भयो। इटहरीका सुवास यादवले ३२, गौतम शर्माले १७ र अलफाज मन्सुरीले १० रन बनाए। प्रदेश २ का निखिल सिंहले ४ विकेट लिए। गोमानन्द यादव र अदिल खानले २–२ विकेट लिए।
 
 
म्यान अफ द म्याच प्रदेश २ का निखिल सिंह घोषित भए। उनले २ हजार पाए। उत्कृष्ट खेलाडी प्रदेश २ कै रवि शाह चुनिए। उनले १० हजार रुपैयाँ पाए। उत्कृष्ट बलर प्रदेश २ का विकास दास र उत्कृष्ट ब्याट्सम्यान इटहरीका गौतम शर्मा घोषित भए। उनीहरूले जनही ५ हजार थापे। विजेतालाई राष्टिय खेलकुद परिषदा सदस्यसचिव केशवकुमार विष्टले पुरस्कृत गरे।
 


यसमा तपाईको मत