• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

लुटिएको २० क्विन्टल मरिच बरामद

लुटिएको २० क्विन्टल मरिच बरामद
कार्तिक १३ गत्ते,पर्सा ।
 
 
क्राइम ब्रान्चको प्रहरी हु“ भन्दै झन्डै २ साता अगाडि वीरगन्जको मूख्य सडकबाट लुटिएको २० क्विन्टल मरिच प्रहरीले बरामद गरेको छ । 
 
मरिच लुटेको आरोपमा वीरगन्ज महानगरपालिका ३ छपकैया निवासी ३० वर्षीय राजाराम महतो र ४२ वर्षीय सन्तोष कुमार महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
 
 गत असोज २८ गते वीरगन्ज १३ स्थित खाद्य संस्थान अगाडिबाट मोटरसाइकलमा सवार अपरिचित दुईजनाले ना.४.च२२६१ नम्बरको पिकअफ गाडी रोकेर क्राइम ब्रान्चको एसपी÷डिएसपी हौ“ भन्दै गाडी नियन्त्रणमा लिएका थिए ।
 
 चालकलाई मोटरसाइकलमा राखेर अर्को व्यक्तिले मरिचको बिल तथा अन्य कागजात नियन्त्रणमा लिई गाडी लिएर गएका थिए । 
 
 
प्रहरीका अनुसार गाडीका चालकलाई मोटरसाइकलमा राखि पावरहाउस ह“ुदै चन्डाल चोक नजिकैको बाटोमा लगि एक घन्टा पछि खाली गाडी फर्काएका थिए ।
 
 
उक्त लुटिएको मरिच वाराको सिम्रौनगढ नगरपालिका ४ निवासी फिसफिङ स्टोरका सञ्चालक सुभाष प्रसाद कुशवाहाले वीरगन्जको स्विमिङपुल अगाडि रहेको खुसी जेनरल एण्ड किराना स्टोरबाट खरिद गरेका थिए ।
 


यसमा तपाईको मत