• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

समसी नाका दुब्र्यसनीको नया ट्रन्जिट प्वाइन्ट

समसी नाका दुब्र्यसनीको नया ट्रन्जिट प्वाइन्ट
 
रविन्द्र उप्रेती
कार्तिक १३ गत्ते,महोत्तरी ।
 
महोत्तरी जिल्लामा लागु औषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुदै गएको छ । 
 
केही समय यता लागु अ‍ौषध सेवनकै लागि सिन्धुली , सर्लाही र ललितपुरबाटसमेत दुब्र्यसनीको जमात आउने गर्नाले समसी नाका लागु औषधको नया ट्रन्जिट प्वाइन्ट बन्दै गएको प्रहरीको भनाई छ । 
 
उनीहरु वर्दिवास–गौशाला–समसी हुदै भारतको सीमावर्ती बेला , कन्हमा र परिहार बजार पुगेर लागु औषध सेवन गर्ने गरको पाईएको छ ।
 
 
र्अिहले पूर्वपश्चिम राजमार्गको माईस्थानदेखि समसीसम्मको सडक कालोपत्रे भएकाले पनि उनीहरुलाई भारतीय बजार पस्न सुगम भएको छ ।
 
 कालोपत्रे भएदेखि सिन्धुलीबाट गाडी नै रिजर्भ गरेरसमेत दुब्र्यसनीहरु सीमापारि पुग्ने गरेको पाईएको छ । 
 
मोटरसाईकल र सार्वजनिक सवारीमा भारतीय बजार पुगनेको संख्या पनि उल्लेख्य देखिन्छ ।
 
छिमेकी मुलुकका बजारमा बढदै गएका पहाडी मूलका केटाहरु देखेपछि जो कोहीले उनीहरु दुब्र्यसनी भएको सहजै पहिचान गर्छन । 
 
एक स्थानियकाअनुसार १६ देखि २५ वर्ष उमेर समुहका ती युवाहरुले भारतीय बजारमा कुनै उपभोग्य सामान किनेका हुदैनन् । 
 
नेपालीहरु मूख्यत. उपभोग्य सामान खरिद गनर्कालागि भारतीय बजार पस्छन । 
 
तर ती युवाहरु भने रित्तै हात भारत पस्छन र रित्तै हात फर्केको देखिन्छन् । भारतीय बजारबाट फर्केका उनीहरुको हावभाव भने फरक देखिएपछि लागु अ‍ौषध सेवन गरेको सहजै बुझिन्छ ।
 
 
नेपाल भारत महिला मैत्री समाजले शनिवार जनकपुरको सीताशरण होटलमा आयोजना गरेको कार्यक्रममासमेत नेपाली संचारकर्मीले लागुऔषध समस्यालाई मूख्यरुपमा उठाएका थिए । 
 
भारतीय संचारकर्मी , भारतीय दुताबास र भारतीय वाणिज्य दुताबासका प्रतिनिधि तथा प्रदेश नं २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालसमेतको सहभागिता रहेको कार्यक्रममा लागु औषध समस्याले नेपाल भारतवीच ‘बेटी रोटीको’ सम्वन्धसमेत प्रभावित हुने तर्क राखदै नेपाली संचारकर्मीले भारतीय पक्ष र भारतीय संचारलाई गंभिर हुन आग्रह गरेका थिए ।
 
प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडका तथा प्रहरी नायव निरीक्षक यादवको अनुभवमा पनि भारतीय सुरक्षाकर्मी र भारतीय बजारका औषधी ब्यवसायीले सहयोग नगरेसम्म नेपाली सुरक्षाकर्मीको एकल प्रयासले मात्र यो समस्या नियंत्रण हुन सक्दैन ।
 
कान्तिपुर
 


यसमा तपाईको मत