• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

५ लाख मूल्य बराबरको पटाका नष्ट

५ लाख मूल्य बराबरको पटाका  नष्ट
कार्तिक १३ गत्ते,सप्तरी ।
 
भारतवाट अबैध रुपमा नेपाल भित्रयाईएको ठुलो परिमाणको बिस्फोटक पटाखा सप्तरी प्रहरीले नियन्त्रणमा लिएर सोमवार नष्ट गरेको छ । 
 
भारतसित जोडिएको बिभिन्न नाका र केही घरमा भण्डार गरि राखिएको गरि चारलाख रुपैया वरावरको पटाखासहितका बिस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
 
 सोमवार जिल्ला प्रहरी कार्यालयमा प्रहरीले पक्राउ गरेको सबै पटखा नष्ट गरेको हो । 
 
दिपावली र छठ पर्व नजिकिएसंगै भारतसित जोडिएको बिभिन्न नाकावाट अबैध रुपमा लुकिछिपी पटाखा लगायतका बिस्फोटक पदार्थ नेपाल भित्रने क्रम बढदो छ । 
 
सप्तरीका डिएसपी भावेश रिमालले नाकाहरुमा चेकजाचमा कडाई गरिनुका साथै आवतजावत गर्ने माथी निगरानी बढाइएको बताए ।
 
 


यसमा तपाईको मत