• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

दलित बस्तीमा छठ र दिपावलीको चटारो

दलित बस्तीमा छठ र दिपावलीको चटारो
कार्तिक १५ गत्ते,जनकपुरधाम ।
 
जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारीको डोम टोलकी २५ वर्षीया किरण मल्लिक डोम बिहान खाना खाएर अबेर राती सम्म काममा व्यस्त छन् ।
 
 
 छठ पर्वकालागि आवश्यका बासको चोयाबाट बनाउने चंगेरा(दाउरी) सुप(नाङ्गलो), डाला, सुपली बनाउन व्यस्त छन् ।
 
 
दिनमा एउटा बासको चायोबाट चार वटा सम्म चंगेरा बनाउदा बनाउदै दिन वित्छन, किरणले भने,‘छठ पर्व मेरो लागि वर्ष भारीको ऋण चुक्ता गर्ने अवसर हो ।
 
 
घर चलाउन पसलबाट लिएको उघारो छठमा चंगेरा, डाला र सुपली बेचेर चुक्ता गर्नु छ ।’
 
 
 किरण संगै डोम डोलको चौबाटोमा उनका छिमेकीहरु शिवो मल्लिक, राज मल्लिकलाई समेत चंगेरा(दाउरी) सुप(नाङ्गलो), डाला, सुपली बनाउन भ्याइनभ्याइ छ ।
 
 
डोम टोलको चौबाटो पछिल्लो दुइ साता देखि भरि भराउछ । स्थानिय डोम समुदायका महिला बासको चोयाबाट छठ पर्वमा प्रयोग हुने समाग्रि बनाउन ब्यस्त छन् ।
 
 
डोम समुदायका महिला दैनिक काम छोडेर छठकालागि आवश्यक समाग्रि बनाउन ब्यस्त छन् । छठ पर्व खर्च कटाएर डाल, सुपली र दउरी बेचर २० हजार सम्म बचत हुने भएकोले अहोरात्र खटिएका छन् ।
 
 
 रोजगारी अभावमा फुर्सदमा घरमा बस्ने महिला यति बेला कामले भ्याइनभ्याइ छ । 
 
 
घरका पुरुष दैनिक काममा जानु भन्दा अगाडी बासको चोया तयार गर्दा सम्म खाना पकाउने महिलाहरु दिउसो बासको समाग्रि बनाउने गरेको स्थानिय शिवो मल्लिकले बताए ।
 
 
महोत्तरीको गौशालानगरपालिका–९ बिसहरपुर विन समुदाय बासाको चोयाबाट छठ पर्वमा प्रयोग हुने समाग्रि बनाउन व्यस्त छन् । 
 
 
 स्थानिय बिरेन्द्र मुखियाका अनुसार पुजा समाग्रि राखिने छिट्टी(टोकरी) को अर्डर अत्याधिक छ । छठ नजिक आएकोले घरका चार सदस्यलाई छिट्टी बनाउन भ्याइनभ्याइ छ ।
 
 
 एक सता लगाएर ४ जनाले ७० वटा छिट्टी बनाउन सकेको छु, सुनर कुमारी देवीले,‘२० वटा छिट्टी  बेच्दा ८ हजार सम्म आम्दनि भयो ।’ 
 
 
बिसरपुरमै जुगेशर सहनि, राम चन्द्र सहनि, इन्दु सहनिलाई समेत बासको चोयाबाट छिट्टी बनाउन भ्याइनभ्याइ छ । इटा उद्योगमा काम गर्ने सहनि टोलका स्थानिय यति बेला बासको छिट्टी बनाउन व्यस्त छन् ।
 
महोत्तरी, सोनमा गाउपालिका–७ सुन्दरपुरका ५८ वर्षीय राजेन्द्र मण्डित दिपावली र छठपर्वको लागि धमाधम माटोको पूजा सामग्री बनाउन व्यस्त छन् । 
 
पण्डितलाई उनका दुई छोरा माटोको दियो, कलश, अन्य समाग्रि बनाउन सहयोग गर्दै छ ।
 
 
गाँउका यूवा पिढीहरु पुर्खौली पेशा छोडेर विदेश पलायन भएपछि ५८ बर्षिय पण्डितलाई बृद्धा अवस्थामा कामको भारी झन थपिएको छ । 
 
 
‘युवा पुस्ता पुर्खौली पेशा छाडेपछि भावी सन्तानले जातिगत पेशा विर्सिने छ, चक्की चलाउन (माटोको भाडाँ बनाउन प्रयोग गरिने काठको मेसिन) मा व्यस्त रहेका राजेन्द्रले भने,‘एक त झण्झटिलो पेशा, अर्कोतर्फ सिजनली आम्दानी मात्र हुने भएपछि नया पुस्ता माटोको भडा बनाउन मानेका छैनन ।’
 
 
 सोनमामा माटोको भाँडा वनाउनमा व्यस्त रहेका ६० बर्षिय दुखरन पण्डितका अनुसार पछिल्लो समयमा आएर मेहनेत अनुसार आम्दानी नभएपछि युवापुस्ता पुर्खोली पेशाप्रति विकर्षण बढेको बताउछन ।
 
 
दिपावली र छठ पर्वको तयारी तराइ माधेसको दलित वस्तीमा चटारो छ । दिपावलीमा आवश्यक दियो, कलश बनाउन कुम्हाल समुदाय र छठ मा बासको चोयाबाट बनेको समाग्रि बनाउन डोम, चमार र विन लगायतको समुदायलाई काम गर्न भ्याइनभ्याइ छ ।
 
कान्तिपुर
 


यसमा तपाईको मत