• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २ को सुरक्षा सल्लाहकारमा पूर्व एआइजी कायस्थ

प्रदेश २ को सुरक्षा सल्लाहकारमा पूर्व एआइजी कायस्थ

जनकपुरधाम, कार्तिक १५ गते । प्रदेश २ सरकारले सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थलाई नियुक्त गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रस्तावमा मुख्यमन्त्री महोम्मद लालबाबु राउतले बिहीबार कायस्थलाई प्रदेश सरकारको सुरक्षा सल्लाहकार नियुक्त गरेको हो। कायस्थलाई सुरक्षा सल्लाहकारमा नियुक्त गर्न मुख्यमन्त्री राउत र मन्त्री यादवविच बैठक बसेको थियो। ‘बिशिष्ट श्रेणीको सुविधासहित पूर्व एआइजी कायस्थलाई प्रदेश सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ,’ मन्त्री यादवले भने, ‘प्रदेश २ को सुरक्षा अवस्थाबारे उहाँ (कायस्थ) को गहिरो अध्ययन र अनुभव छ।’ प्रहरीको सेवाअवधिमा कायस्थ लामो समय प्रदेश २ मै कार्यरत थिए। नेपाल प्रहरीको प्रदेश २ को एआइजी कार्यरत रहेकै बेला कायस्थले अवकाश पाएका थिए। मन्त्री यादवले प्रदेश २ मा लामो समयको कार्यअनुभव र संघीयताप्रति सकारात्मक सोच रहेकाले कायस्थलाई सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको बताए। कायस्थकै कार्यकालमा स्थानीय तह, संघ–प्रदेशको चुनाव प्रदेश २ मा सम्पन्न भएको थियो।



यसमा तपाईको मत