• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

मलेठ घटनाको अध्ययन प्रतिवेदन बुझाइयो

मलेठ घटनाको अध्ययन प्रतिवेदन बुझाइयो जनकपुरधाम, कार्तिक १५ गते । सप्तरीको मलेठ घटनाको अध्ययनका लागि प्रदेश सरकारले बनाएको समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिले बिहीबार आन्तरिक मामिला तथा कानुमन्त्री यादवलाई प्रतिवेदन बुझाएको हो। स्रोतकाअनुसार मलेठ घटनामा सप्तरीका तत्कालीन नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई दोषी मान्दै कारवाही सिफारिस गरेको छ। प्रदेश २ को सरकारले मलेठ घटनामा संघीय सरकार र मानवअधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति जनाउँदै छुट्टै छानबिन समिति गठन गरेको थियो।

यसमा तपाईको मत