• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

चेतना फैलाउँदै एचआईभी संक्रमित

चेतना फैलाउँदै एचआईभी संक्रमित
शिव पुरी 
कार्तिक १५ गत्ते,रौतहट ।
 
गौर नगरपालिका–१३ का ५९ वर्षीय शिवहरीसिंह क्षेत्री एचआईभी संक्रमित हुन । उनलाई यस्तो भएको २० वर्षभन्दा बढी भइसकेको छ ।
 
तर पनि उनको हिम्मत देख्दा सबै अचम्मित छन । उनको स्वास्थ्य अवस्था देखेर कसैले पनि संक्रमण भएको अनुमान गर्दैनन ।
 
पछिल्लो लामो समयदेखि उनी गाउँघरमा एचआईभी एड्स र लागु औषधको कुलतमा नफस्न चेतना फैलाउँदै हिंडेका छन । 
 
अरुलाई यस्तो पीडा, समस्या नहोस्, रोग नसरोस् भनेर चेतना फैलाउन लागिपरेका हुन । उनले पुख्र्यौली गाउँ गौर छाडेको डेढ दशक भइसकेको छ ।
 
उनी टुहुरा हुन । बाबुआमा कोही छैनन् । पछिल्लो केही वर्ष यता चन्द्रपुर नगरपालिकामा डेरा लिएर उनी एक्लै बस्छन ।
 
 अहिले पनि हट्टाकट्टा देखिने क्षेत्री गाउँरगाउँ पुगेर एचआईभी, एड्सका बारेमा अरुलाई भन्छन । कुलतमा नपर्न स्थानीय युवालाई सम्झाउँछन, फकाउँछन ।
 
बेलामा होस नर्पुयाउँदा र साथीको लहैलहैमा लाग्दा संक्रमणको चपेटामा परेको उनले सुनाए ।
 
 गौरका साथीहरूको संगतमा लागि दुव्र्यसनीको कुलतमा परेकै बेला एउटै सिरिन्ज प्रयोग गरी ड्रग्स लिने गरेको उनले बताए । 
 
‘साथीहरूले संगतमा परेर लागु औषध सेवनमा बानी लगाइदिए,’ उनले भने, ‘अब यस्तो कसैलाई नहोस् भनेर चेतना फैलाउँदै हिंडेको छु ।’
 
लागु औषधको कुलतमा परेपछि उनले ३ पटक सिरिन्जबाट ड्रग्स लिएका थिए । तर सार्थीहरू सबैले एउटै सिरिन्ज प्रयोग गरेकोले एचआईभी संक्रमणको शिकार भएका थिए ।
 
 २०५८ सालमा गौरमा एक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई रगत दिए । त्यसको केही दिनपछि रिपोर्टमा पोजेटिभ आयो । 
 
आयोजकले उनलाई रगतमा खराबी देखिएको भनेर सुनाए । काठमाडौं जान सुझाव दिए ।
 
‘मनमा कताकता चिसो पस्यो,’ उनले भने, ‘त्यही वर्ष थाहा भयो, एचआईभी संक्रमण भनेर ।
 
 केही समय मुर्छित भएँ ।’ कुलतमा लागेपछि संक्रमण भएको सायद ३र४ वर्ष भइसकेको रहेछ । 
 
रक्तदान गर्दा बल्ल उनले थाहा पाएका थिए । त्यही पनि विश्वास नलागेर भारतको डंकन गई रगत परीक्षण गराए । 
 
त्यहाँ पनि पोजेटिभ देखियो । तत्कालै काठमाडौं आएर टेकुमा परीक्षण गराए ।
उही रिपोर्ट आएपछि उनी मुर्छा परे । सुरुमा उनले कसैलाई भन्न सकेनन ।
 
 लागु औषधमा लत लगाउने साथीलाई भन्न उनले प्रयास गरे तर उनीहरू सम्पर्क्विहीन भएपछि त्यतिकै मनमै राखे ।
 
 गौरमा छँदा उनी बसको टिकट काउण्टरमा काम गर्थे । त्यही बेला साथीको गलत संगतमा परेर कुलतमा फसेका थिए । 
 
उनी गौर छाडेर चन्द्रनिगाहपुर आए र एचआईभी एड्स नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनरल वेल फेयर प्रतिष्ठानको सम्पर्कमा पुगे ।
 
 त्यहाँ पनि उनले सामाजिक अभियन्ताको रूपमा काम गरे ।‘जति समय बाँच्छु, चेतना फैल्याउँछु । 
 
यसबारे जानकारी दिन्छु,’ उनी भन्छन्, ‘समयलाई चिन्न नसक्दा संक्रमणको शिकार बन्नुर्पयो ।’ बुवा र आमाको मृत्यु भएको ३ दशक बढी भइसकेको छ ।
 
 १ दाजु र दुई भाइ सबै अलग्गै बसेका छन् । संक्रमण भएको थाहा पाएपछि आफ्नै दाजुभाइले समेत बेवास्ता गरेको उनको दुखेसो छ ।
 
अहिले माया नेपाल संस्थाले उनलाई प्रतिमहिना ४ हजारका दरले आर्थिक सहयोग दिएर राखेको छ । 
 
त्यति रकमले नपुग्ने उनले बताए । एचआईभी संक्रमणविरुद्ध लड्ने र आयु बढाउने ‘एआरभी’ औषधि खाइरहेका छन्।
 
चन्द्रनिगाहपुरमा बस्दा उनले ४र५ पटक सम्म डेरा सारेको दुख सुनाए । संक्रमणका बारेमा थाहा पाउनासाथ घरबेटीले जबरजस्ती निकाल्ने गरेका थिए । 
 
अहिले बस्दै आएको घरमा उनलाई कुनै समस्या छैन ।
 
संक्रमित बढे
 
जिल्लामा पछिल्लो समय एचआईभी संक्रमितको संख्या बढेको पाइएको छ । 
 
भारतका विभिन्न जिल्लामा कामदारका रूपमा जानेहरू फर्कंदा संक्रमित हुने गरेको हो ।
जिल्लामा अहिलेसम्म १ सय ४६ जनामा एचआईभी संक्रमित देखिएको नेपालको कार्यक्रम संयोजक बबी थापाले जनाए । तीमध्ये अधिकांश महिला छन । 
 
बालबालिकाको संख्या २३ रहेको थापाले बताए । तीमध्ये २ बालकको मृत्यु भइकेको छ । 
 
२१ जनाले औषधि खाइरहेका छन् । उनीहरूको नाममा संस्थाले प्रत्येक महिना एक हजारको दरले रकम जम्मा गरिदिने गरेको छ ।
 
‘सातामा २र३ जनाको दरले संक्रमितको संख्या बढेको छ,’ उनले भने, ‘अघिल्लो भारतका विभिन्न सहरबाट फर्केकाहरूमा यस्तो समस्या देखिएको छ ।’
 
कान्तिपुर
 


यसमा तपाईको मत