• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

बृहतर जनकपुर क्षेत्र वकास परिषादमा भ्रष्टाचार गरेको भन्दै तत्कालिन अध्यक्ष राय सहित १० जना बिरुद्ध मुद्धा दर्ता

बृहतर जनकपुर क्षेत्र वकास परिषादमा भ्रष्टाचार  गरेको भन्दै  तत्कालिन अध्यक्ष  राय सहित १० जना बिरुद्ध मुद्धा दर्ता
 
जनकपुरधाम, कार्तिक १५ गते । 
बृहतर जनकपुर क्षेत्र वकास परिषादमा भ्रष्टाचार  गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यक्ष दिगम्बर राय सहित १० जना बिरुद्ध मुद्धा दर्ता गराएको छ ।
 
विशेष अदालतमा आयोगले बिहिबार मुद्धा दर्ता गराएको हो । भारतीय सरकारको सहयोगमा जनकपुर सौन्दर्यकरणको ८ ठेक्का मध्ये ५ ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयो अनुसन्धान आयोगले मुद्धा दर्ता गराएको हो । 
 
 
आयोगले तत्कालिन अध्यक्षर दिगम्बर राय, तत्कालिन कार्यकारी निर्देशक सुर्यदेव शाह, राजेश कुमार साह, गोपाल झा, नायव सुब्बा उषा मिश्र, लेखापाल उतमराज शर्मा ढकाल, सव इन्जिनियर परशुराम साह तत्कालिन प्रोजेक्ट इन्जिनियर उपेन्द्र झा बिरुद्ध मुद्धा दायर गरेको हो ।
 
ठेक्केदार चन्द्र एण्ड बसन्त कन्ट्रक्सन प्रालिका प्रतिनिधि विष्णु बहादुर राउत र ठेक्केदार डाफे÷सागरमाथा जेभिका प्रतिनिधि प्रदिप नारायण साह बिरुद्ध समेत अख्तियारले मुद्धा दर्ता गराएको हो । 
 
 
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतीया गाछी संरक्षण कार्य लगायतको बिभिन्न आठवटा ठेक्काको बोपलत्र मुल्याङ्कन प्रक्रिया र निर्माण कार्यमा अनियमितता उजुरीको अनुसन्धान क्रममा प्राप्त बिवरण प्रमाण तथा कागजातको बिश्लेषण एंव अनुसन्धान हुँदा भारतीय सरकारको सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधामबाट सञ्चालित ठेक्कामा भ्रष्टाचार भएको हो ।
अायाेगकाे विज्ञप्तीकाे पुर्णापाठ ः

 


आरोप-पत्र दायर गरिएको 
----------------------------- 
धनुषा जिल्लाको जनकपुरधाम स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतीया गाछी संरक्षण कार्य लगायतको बिभिन्न आठवटा ठेक्काको बोपलत्र मुल्याङ्कन प्रक्रिया र निर्माण कार्यमा अनियमितता भएको भन्ने समेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धानहुँदा अनुसन्धानको क्रममा प्राप्त बिवरण सबुतप्रमाण तथा कागजातको बिश्लेषण एंव अनुसन्धान हुँदा भारतीय सरकारको सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधामबाट सञ्चालित आठवटा परियोजनामध्ये ठेक्का नं. GOI/RB02/067-68JNP, GOI/RB03/067-68JNP, GOI/RB04/067-68JNP, GOI/GD03/067JNP र GOI/GD04/076-068JNP गरी जम्मा पाचँवटा प्याकेजका बोलपत्रहरुको परिषदबाट गठित मुल्याङ्कन समितिले विभिन्न मितिमा मूल्याङ्कन गर्दा लागत अनुमान अंकभन्दा ३० प्रतिशत भन्दा बढी घटेको कारण देखाई बृहत्तर जनकपुर क्षेत्र विकास परिषद नियमावली, २०५८ को नियम १५.९ को उपनियम ४ बमोजिम बोलपत्र अमान्य हुने जनाइ मुल्याङ्कन प्रक्रियामा समावेश नगरी बदनियत वा लापरवाहीपूर्वक मूल्याङ्कन गरी सिफारिस भएको तथा सो बमोजिम नै बोपलत्र स्वीकृत गरेको कार्यवाट उक्त परिषदलाई हानीनोक्सानी भएको रकम रू ६२,८८,५६९।०८( बैसठ्ठी लाख अठासी हजार पाँच सय उनान्सत्तरी रुपैया आठ पैसा ( मू.अ.कर.बाहेक) एवं निर्माण कार्यका विभिन्न आइटमहमा ठेक्का सम्झौता भएको एकाईदरमा घटीबढी हुने गरी भेरिएशन आदेश स्विकृत गरेको कार्यबाट ठेक्का नं. GOI/RB०१/067-68JNP मा रू.९,८५,८३८।८४ ( नौ लाख पचासी हजार आठ सय अठतीस रुपैंया चौरासी मात्र ) र ठेक्का नं. GOI/GD०१/076-068JNP मा रू ३,५४,०९५ (तीन लाख चौवन्न हजार पन्चानब्बे मात्र)गरी कूल जम्मा रकम रू.७६,२८,५०२।९२ ( छयहत्तर लाख अठ्ठाएस हजार पाचँसय दुइ रूपैंया बयानब्बे पैसा ) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हिनामिना तथा हानिनोक्सानी गरेको देखिएकोले उक्त कार्यमा संलग्न बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका देहायका पदाधिकारी, कर्मचारी एवं ठेकेदार कम्पनीका अधिकारप्राप्त प्रतिनिधि समेत १० जना उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिइ आज बिशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ ।
रामेश्वर दंगाल
सह-सचिव एवं प्रवक्ता

 



यसमा तपाईको मत