• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

उखु कृषकलाई ‘पेचिलो’ अनुदान, भुक्तानि समस्याले सख्खर बनाउदै

उखु कृषकलाई ‘पेचिलो’ अनुदान, भुक्तानि समस्याले सख्खर बनाउदै
कार्तिक १६ गत्ते, महोत्तरी ।
 
चिनी उद्योगले उखुको भुक्तानि ढिलासुस्ती भइरहेको बेला सरकारले दिने अनुदानको भुक्तानिमा समेत किसान झन्झट पाएका छन् । 
 
सरकारले प्रति क्वीन्टल ६५ रुपैया ८८ पैसा अनुदानको रुपमा उपलब्ध गराउने मन्त्री परिषदबाट निर्णय गरेको थियो । तर, उखु किसानले अनुदानको रकम पाउन सकेको छैन ।
 
 
सरकारले उपलबध गराउने ६५ रुपैया जिल्लाको कोष लेखा नियन्त्रक कार्यालयमा आएपनि किसानले पाउन सकेको छैन । 
 
एक वर्ष अघि बेचेको उखुको भुक्तानिकालागि सरकारले जग्गाको लालपुर्जा, ठेक्काको सम्झौता वा स्तानिय तहको सिफरिस माग गरेपछि किसानले अनुदानको पैसा पाउन झन्झट थपिएको छ ।
 
महोत्तरी एभरेष्ट चिनी उद्योगले गत बर्ष ४२ लाख ५९ हजार क्वीन्टल उखु क्रसिंग गरेको थियो । 
 
उद्योगले अझै भुक्तानी नगरेको किसान महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए । 
 
 
सरकारले प्रतिक्विन्टल ६५ रुपैया २८ पैसा अनुदानका लागि लालपूर्जाको फोटोकपी माग गरी झन्झट थपेको कुशवाहाले बताए । भुक्तानि सहज बनाउन ज्ञापन पत्र बुझाएको उनले बताए ।
 
 
सरकारले उपलब्ध गराउने ६५ रुपैया ८८ पैसा प्रति क्वीन्टल उखुको भुक्तनिकालागि कोष लेखा नियन्त्रण कार्यालय महोत्तरीमा १५ हजार ६ सय ११ उखु कृषकालागि २४ करोड १५ लाख २३ हजार रकम आएको छ । 
 
तर चिनी उद्योगले किसानलाई भुक्तानिकालागि कृषको लालपुर्जा, ठेक्का सम्झौता र स्थानिय तहको सिफरीस नबुझाउदा किसानको भुक्तानि हुन सकेको छैन ।
 
 किसानलाई भुक्तानिकलागि उद्योगसंग कागजात मागेको कोष लेखा नियन्त्रक कार्यालयका प्रमुख युवराज रायले बताए । 
 
चिनी उद्योगले उखुको भुक्तानि किसानको बैक खातामा जम्म गर्दै आएको छ । 
 
सोहि बैक खातामा सरकारको अनुदान जम्म गर्न जग्गाका लालपुर्जा अनिर्वाय गरेपछि अनुदानको भुक्तानि पेचिलोे बनेको छ ।
 
 कृषि तथा पशु मन्त्रलायले ६५ रुपैया ८८ पैसा उखुको अनुदान भुक्तानिका लागि जग्गाको लालपुर्जा, ठेक्काको सम्झौता वा स्थानिय तहको सिफरीस अनिवार्य गरेको महोतरीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भु यादवले बताए ।
 
किसानबाट सास्तोमा उखु खरीद गरी उद्योगलाई महगोमा बेच्ने विचौलीया र दलाललाई निरुत्साहित गर्न लालपुर्जा वा सिफरीस अनिर्वाय गर्दा किसानमा समस्यामा परेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले स्वीकारे् ।
 
 किसानको समस्याहरु सहित उखु किसान संघले बुझाएको ज्ञापन पत्र सम्बन्धित मन्त्रलायमा पठाइएको उनले बताए ।
 चिनी उद्योगीले प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा भुक्तानी दिएको छैन । 
 
क्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदानसमेत किसान पाउन सकेको छैन । 
 
मन्त्रिपरिषद् बैठकले २०७५ वैशाख ४ किसानलाई प्रतिक्विन्टल उखुको चिनी उद्योगीबाट ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारी अनुदानबापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने निर्णय गरेको थियो ।
 
 नया उखु काट्ने बेला भइसक्दा पनि एक वर्ष पुरानै उखुको भुक्तानी नपाएका किसानलाई चिनी उद्योग र सरकार दुवैतर्फबाट समस्या भएको छ । 
 
 
उद्योगीले भुक्तानी नगर्दा समस्यामा परेका किसानलाई सरकारले समेत लामो समयदेखि अनुदान रकम उपलब्ध गराएको छैन । 
 
 
 नेपालीहरूको महान् चाड विजया दशमी बितेको र दीपावली एवं छठ पर्व नजिकिए पनि उखुको पैसा नपाउँदा किसानहरू समस्यामा  छन् ।
 
 
इन्दु शंकर चिनी उद्योग र अन्नपुर्ण गरी दुई चिनी एदोग भएको सर्लाहीमा अनुदानको रकम आउन सकेको छैन । 
 
दुई चिनी उद्योगबाट विवरण संकलन हुन नसक्दा अनुदानको रकम प्राप्त हुन नसकेको कोष लेखा तथा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगत प्रसाद थपलियाले बताए । 
 
सर्लाहीमा करिब २७ करोड रकमको अनुमान गरीएको भएपनि विवरण आउन नसक्दा रकम आउन सकेको छैन, उनले भने ।
 
 
 भुक्तानी नपाउदा उखु किसानका लागि चाड पर्व खल्लो हुने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउछन  । 
 
दसैं अगाडि नै सरकारले दिने भनेको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान भुक्तानी हुन सकेको छैन । 
 
मुलुकभरिका १२ वटा चिनी उद्योगबाट गएको सिजनमा २ करोड ६ लाख ८६ हजार ७ सय ८० क्विन्टल उखु क्रसिङ भएको र ४÷५ लाख क्विन्टल उखु भारतबाट ल्याइएको उखुको कटाउँदा किसानले सरकारबाट पाउने अनुदानको मात्र १ अर्ब २८ करोडभन्दा बढी रकम रोकिएको कृषकहरूको गुनासो छ ।
 
 
 मुख्य चाडबाडको मुखमा उखुको पैसा नपाउँदा किसानलाई पर्व कसरी मनाउने भन्ने चिन्ता रहेको नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले बताए । 
 
उनले चिनी उद्योगीबाट वर्षौंदेखि दुस्खपाइरहेका उखु किसानले यस वर्ष सरकारबाट समेत उपेक्षित हुनुपरेको गुनासो गरे । 
 
 उप्रेतीले नगदे बालीका रूपमा उखु खेती गरेका किसान २ वर्षसम्म भुक्तानी नपाउँदा आर्थिक र समाजिक भारबाट पीडित भएको बताए ।
 
 
 महोत्तरी, गौशाला नगरपालिका–११ कालिपुरका उखु कृषक रामहृदय महतो गत वर्ष चिनी उोगलाई बेचेको उखुको पैसा अझै पाउन सकेको छैन । 
 
खेतको उखु फेरी काटने बेला भइसक्दा गत वर्षकै भुक्तानि चिनी उद्योगमा अल्झिएको छ । चिनी उद्योगबाट उखुको भुक्तानि लिन झमेला हुन थालेपछि गत वर्ष चिनी उद्योगलाई बेचेको उखु रामहृदयले यस वर्ष सख्खर बनाएर बच्दै छन् ।
 
 
 सरकारले तोकेको प्रति क्वीन्टल ५ सय ३१ रुपैया ३० पाउन वर्ष दिन लाग्छ, रामहृदयले भने,‘सख्खर बनाएर बेच्दा नगदै पैसा आउछ ।’ 
 
 
सख्खर बनाउन झन्झिटिलो र लामो समय लाग्ने भएपनि उखु काटेर तेश्रो वाली खेतमा उब्जिने भएपछि रामहृदयले खुट्टी उखु काटन थालेको छु, उनले भने ।
 
 
 महोतरीको एभरेष्ट सुगरमा उखु बेचेका किसान अझै भुक्तानि पाउन सकेको छैन । नगदे वाली लगाएर चिनी उद्योगलाई उखु बेच्दा ऋणको भारि बोक्नु परेको कालिपुरकै अर्का उखु कृषक भोगेन्द्र महतो बताउछन् ।
 
 
 किसान माफिया, सरकारको उखदासिनता र उद्योगिको मनोपोले गर्दा नगदे बाली उखु किसानको लागि उधारो बालि भएको छ, महतोले भने,‘ उखु खेतीको पहिचान ऋणि खेतीमा रुपान्तरण भएको छ । 
 
किसानले वर्ष दिन सम्म उधारो र कर्जा लिएर खेती गरी उद्योगले एक वर्ष पछि मात्रै भुक्तानि दिंदा किसान २ वर्ष सम्म ऋणकै भरमा दिन बिताउनु परेको छ ।’ 
 
उद्योगले भुक्तानिमा समस्या गरेका कारण किसान उखु ेलेर सख्खर बनाउन बाध्य भएको छ । 
 
हिन्दुहरुको महान पर्व दशै सकिएको र दिपावली, छठ आउदा समेत उखुको भसक्तानि पाउने अस्था छैन ।
 


यसमा तपाईको मत