• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

रामनगर घटनामा आफ्ना कार्यकर्ता संलगन छैनःनेकपा

रामनगर घटनामा आफ्ना कार्यकर्ता संलगन छैनःनेकपा
कार्तिक १६ गत्ते, जनकपुरधाम  ।
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले रामनगरमा भएको घटनामा आफ्ना पार्टी वा कार्यकर्ताको सम्लग्नता नरहेको स्पस्ट पारेको छ ।
 
नेकपा सर्लाहीद्वारा विहिवार जारी विज्ञप्तिमा नेकपा र कांग्रेस विचको झडपमा घटना भएको भनि गरिएको प्रचार नै प्रायोजित रहेको उल्लेख छ ।
 
 विज्ञप्तिमा घटना राजनीतिक नभई व्यक्तिगत रिसईवीका कारणले भएको भन्ने निष्कर्ष निकाल्न प्रयाप्त आधार रहेको जनाईएको छ ।
 
 कातिक ११ गते वडाध्यक्ष स“ग नागरिकताको सिफारिस लिने एक जना सेवाग्राहि संग विवाद भएको र त्यही विषयलाई लिएर भोलीपल्ट गोली चलेको र एक जनाको मुत्यु भएको विज्ञप्तिमा जनाईएको छ ।
 
नेकपाको तर्फबाट सर्लाही पार्टी संयोजन जिल्ला कार्यदल सदस्य रेबती पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस क्षेत्रका लोकप्रिय जनप्रतिनिधि शिव पुजन रायलाई अनावश्यक रुपमा मुछि राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोज्नु अत्यन्त खेदजनक रहेको उल्लेख छ । आफ्ना कार्यकर्तालाई लान्छना लगाउने खालको समाचारको खण्डन गर्दै कुनै पनि पक्ष वा विपक्षमा नलागी समाचार प्रकाशन गर्न संचारजगतलाइ आग्रह समेत गरिएको छ ।
 
सर्वसाधारणलाई झुटामुद्दा लगाएर फसाउनु र आफ्ना कार्यकर्तालाई त्यस क्षेत्रमा विस्थापीत हुन बाध्य बनाइरहेकोले यस्ता कृयाकलाप रोक्न माग गरिएको छ । 
 
घटनालाई उत्तेजीत बनाउन कांग्रेसका केन्द्रीय नेता नै नारा जुलुस र लासको राजनीति गरेको भन्दै आश्चर्य प्रकट गरिएको छ ।
 
 घटनाको सत्य तथ्य वुझि निष्पक्ष रुपमा केन्द्रवाटै उच्च स्तरिय छानविन समिति गठनको  माग गर्दै दोषिमाथी कार्वाही हुनु पर्नेमा पार्टी प्रतिबद्ध रहेको जनाएको छ । 
 
विज्ञप्तिमा मृतक प्रति श्रद्धान्जली र शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्दै घईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
 


यसमा तपाईको मत