• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

‘मधेशी नेतालाई जेल सजाय’

‘मधेशी नेतालाई जेल सजाय’
कार्तिक १६ गत्ते,जनकपुरधाम ।
 
मधेश आन्दोलनको क्रममा आक्रोशित आन्दोलनकारीले कलैया अस्पतालका चिकित्सको कार जलाएको घटनामा संलग्न रहेको ठहर गर्दै बारा जिल्ला अदालतले एक पुर्व सभासद सहित बाराका मधेशी दलका ३ जना नेता कार्यकर्तालाई जेल सजाय सुनाएको छ ।
 
 
अदालतले संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य एवम पुर्व सभासद कलैया उपमहानगरपालिका १ का प्रमोद गुप्ता, तराई मधेश लोकतान्त्रिक पार्टी बाराका प्रवक्ता एवम् पार्टी निकट शिक्षक संघका जिल्ला अध्यक्ष समेत रहेका बारा बडकी फुलवरिया ४ का अरुण कुमार सिंह, संघिय समाजवादी फोरमको भातृ संगठन मधेश रक्षा दलका जिल्ला अध्यक्ष समेत रहेका कलैया उपमहानगरपालिका २ का सचितानन्द यादवलाई जनही ६ महिना कैद सजाय र ९ लाख ८३ हजार ३ सय ३३ रुपैया“ ३३ पैसा जरिवाना गरेको छ ।
 
 
सवारी साधनमा आगजनी मुद्दामा बारा जिल्ला अदालतको ३ नं. ईजलाशका तत्कालिन जिल्ला न्यायधिश केशव प्रसाद अधिकारीको ईजलाशले मुद्दाको अन्तिम सुनुवाई गर्दै २०७४ माघ २५ गते तीनै जनालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको बारा जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) कोश्लेश्वर ज्ञवालीले जानकारी दिए ।
 
 
तीनै जनाले नेतृत्व गरेको आन्दोलनकारीहरुको हुलले कलैया अस्पतालका तत्कालिन प्रमुख (मेसु) शैलेश कुमार झाको नाममा रहेको २९ लाख ५० हजार मुल्य पर्ने स १ च ८७९ नम्बरको निजी कारमा अगजनी गरी क्षेती पु¥याएको थियो ।
 


यसमा तपाईको मत