• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

जम्मू–कश्मीरमा बीजेपी सचिव परिहार र उनको भाइको गोली हानी हत्या

जम्मू–कश्मीरमा बीजेपी सचिव परिहार र उनको भाइको गोली हानी हत्या
कार्तिक १६ गत्ते ।
 
भारतको जम्मू–कश्मीर राज्यका भारतीय जनता पार्टी(बीजेपी) सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ ।
 
बिहीबार साँझ जम्मू–कश्मीरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो । 
 
किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ ।
 
जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाका अनुसार परिहार दाजुभाइको बिहीबार साँझ ८ बजेतिर आतंककारीको समहूले गोली हानी हत्या गरेको हो । 
 
उनीहरुलाई तत्कालै अस्पताल पुर्याइए पनि बचाउन नसकिएको रैनाले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
 
बीजेपीका आक्रोशित कार्यकर्ताले अस्पताल र स्थानीय प्रहरी चौकीमा आक्रमण गर्न थालेपछि किश्तवाड क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
 
परिहारको निधनमा जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाहले दुःख व्यक्त गरेका छन् । 
 


यसमा तपाईको मत