• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

प्रदेश सरकारले करार ऐन ल्याउने मन्त्री यादवको भनाई ।।

प्रदेश सरकारले करार ऐन ल्याउने मन्त्री यादवको भनाई ।।
 
बिजय झा
कार्तिक १६ गत्ते,जनकपुरधाम।
निकट भविष्यमा चाडै प्रदेश सरकारले करार ऐन पारित गर्ने उदघोष गर्दै मन्त्री यादवले भने कर्मचारी भर्ना गरेर भएपनि विकास निमार्ण समितिका कामकाज अगाडी बढाइने छ । मुलुक सँघीयतामा गइरहेको भएपनि केन्द्र सरकारले स्वीकार गर्न आनाकानी गरिरहेको आरोप लगाउदै मन्त्री यादवले भने – जस्तो सुकै अवस्थामा भएपनि प्रदेश सरकार सँबैधानिक अधिकार लिएरै छाडने चोतावनी दिन चाहन्छु । संविधानले दिएको अधिकार प्रयोगमा बाधा पु¥याउने जो सुकै सँग आपूmहरु लडन तयार रहेको उल्लेख गर्दै मन्त्री यादवले भने – अवरोध गर्दा हुने दुष्परिणामको जिम्मेवारी संघीय सरकारले लिनु पर्ने छ । कार्यक्रममा प्रदेश सभा सांसद शारदा थापाले तीनै सरकार गठन भएको थोरै समय भएको ले जनतालाई धैर्य राख्न आग्रह गरे । आतिनु पर्ने वेला नभएको बताउँदै साँसद थापाले भने निकट भविष्यमा चाडै जनताले सुखानुभुति गर्नेछन ।
 
 कार्यक्रममा प्रेस काउन्सिलका सदस्य नवलकिशोर शरणले भने किसानको आर्थिक अवस्थामा सुधार नभएसम्म प्रदेश विकास हुदैन । वालीको मुल्य निर्धारण गर्नको लागी स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकारले गम्भीर हुनु पर्ने शरणले जिकिर गरे । भंगहा नगरपालिकाका मेयर संजीव साहको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रध्यापक संधका केन्द्रिय उपाध्यक्ष शत्रुधन प्रसाद गुप्ता, नेकपाका नेता रमेश यादव, फोरमका मिथलेश यादव, पत्रकार गोपाल बराल सहितका वक्ताले मन्तव्य व्यक्त गरेका थिए ।
 


यसमा तपाईको मत