• :
  • :
    • On Air
    • Swasthya paricharcha
    • Up Next
    • Mithilanchal News

समाचार

धान उत्पादन बढ्यो

धान उत्पादन बढ्यो
भरत जर्घामगर
कार्तिक १७ गत्ते,सिरहा । 
यस वर्ष सिरहामा धान उत्पादन बढेको छ । गतवर्षको अनुपातमा यसवर्ष जिल्लामा ५९ हजार ८ सय ५० मेट्रिक टन धान बढी उत्पादन हुने अनुमान गरिएकोछ । 
 
कृषि ज्ञान केन्द्र सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार सिरहामा ७१ हजार हेक्टर खेतमा धान रोपाइँ भएकोथियो। 
 
प्रतिहेक्टर २ दशमलव ८५ प्रतिशतका दरले२ लाख २ हजार ३ सय ५० मेट्रिक टन धान उत्पादन हुनेकेन्द्रको दाबी छ । उत्पादित धान असोजकोअन्तिम सातादेखि नै कृषकले भित्र्याउन थालेका छन्। 
 
धान उत्पादनकोआधा भाग जग्गावाललाई र आधा भाग आफूलेपाउनेगरी बटियामा लिएको१० कट्ठा खेतमा पोहोर साल राम्रोउब्जनी नहुँदा धनगढीमाई नगरपालिका ११ की हरुवाचरुवा परिवारकी हरानी देवीले  बटिया खेत जोगाउन झन्डै ८० प्रतिशत धान जग्गावाललाई नै बुझाउनुप¥यो। 
 
यसपालि भने धान खेतमा सोचेभन्दा राम्रोभएपछि बटियाको खेतबाट उत्पादित धान आधा दिँदा पनि उनलाई पोहोरको क्षति पूर्ति हुनेभएकोछ । 
 
‘पोहोर साल खडेरी र मलकोअभावका कारण धानको उत्पादन राम्रो नहु“दा बटैयामा लिइएको खेतबाट समेत राम्रो फाइदा गर्न सकिएन,’ उनले भनिन्, ‘यसपालि राम्रै उत्पादन भएकालेबेलैमा दाउनी गरेर धान भित्र्याउँदैछु ।’ 
 
धानको उत्पादन राम्रो भएकाले सिरहामा धान रोपाइँ र धान कटनीको बेला प्रायः देखापर्ने खेतीवाल र हरुवाचरुवा मजदुरबीचको विवाद पनि यसपालि देखिएकोछैन । 
 
सिँचाइ र मलको सही बेला आपूर्ति हुन सके धान उत्पादनमा आउने अधिकांश समस्या आफैं समाधान हुनेकृषक र मजदुर दुवैपक्षको दाबी छ । 
 
‘यसपालि धान कटनीका बेला किसानले मजदुरलाई चित्तबुभ्mदो ज्याला दिएका कारणले पनि विवाद नउठेको हो’, हरुवाचरुवा सशक्तीकरण अभियानमा संलग्न सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले भने, ‘धान खेतीका लागि पानी र मलकोसमुचित व्यवस्था हुँदा उत्पादन राम्रो भई ज्याला निर्धारणमा समेत विवाद नहँुदो रहेछ ।’ 
 
 
कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष सिरहामा ५७ हजार हेक्टरमा २ दशमलव ५ प्रतिशत प्रतिहेक्टरको दरले१ लाख ४२ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोथियो। 
कान्तिपुर


यसमा तपाईको मत