• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

महिला हिंसा न्युनिकरणकालागि प्रदेश सरकार प्रतिबद्ध छः कानुन मन्त्री यादव

महिला हिंसा न्युनिकरणकालागि प्रदेश सरकार प्रतिबद्ध छः कानुन मन्त्री यादव
विजय झा
कार्तिक १९ गत्ते,जनकपुरधाम ।
 
प्रदेश २ का आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार समाजमा महिलासंग हुने विभेद अन्तय गर्ने बताएका छन् । 
 
प्रदेश सरकारसंग विभेद अन्त गर्ने जजवा छ, मन्त्री यादवले भने,‘महिला हिंसा र महिलालाई गरीने विभेद न्युनिकरणकालागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
 
जनकपुरमा क्रियाशिल महिला पत्रकार धनुषाले आइतबार आयोजना गरेको प्रदेश २ मा महिला हिंसाको अवस्था र न्युनिकरणको चुनौती विषयक अन्र्तक्रियामा मन्त्री यादवले समाजिक रुढ परम्पराका कारण महिलामाथि हिंसा बढेको बताए । 
 
पुरुषले मन्त्र सिके धामी बन्छ तर महिलाले मन्त्र पढे बोक्सी बन्ने रुढ परम्पराले महिला हिंसा बढेको उनले टिप्पणि गरे । 
 
गर्भमा छोरी भएकै कारण भ्रुण हत्या, जन्मेपछि खान, लगाउन, शिक्षामा विभेद पाउने महिलाले बालविाहका कारण शारिरीक र मांसिक रुपले प्रताडित  भएको र यस्ता समस्या समधानकालागि प्रदेश सरकार प्रयास गरी रहेको बताए । 
 
क्रियाशिल महिला पत्रकार धनुषाका अध्यक्ष रिंकु मिश्र गायत्रीको अध्यक्षतामा भएको  कार्यक्रममा नेपाली काग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले न्याय संम्पादनमा दवाव र प्रभावका कारण महिला हिंसा दिन दिनै बढेको बताए ।
 


यसमा तपाईको मत