• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

छठपछि संघीय सरकार बदलिनेःमन्त्री सोनल

छठपछि संघीय सरकार बदलिनेःमन्त्री सोनल
कार्तिक १९ गत्ते,धनुषा ।
 
प्रदेश नम्बर २ का एक प्रभावशाली मन्त्रीले छठपछि संघीय सरकार बदलिने दाबी गरेका छन् । 
 
राजपाका महामन्त्रीसमेत रहेका भौतिक विकास मन्त्री जितेन्द्र सोनलले यस्तो दाबी गरेका हुन् । 
 
बिश्रामपुर गाउ“पालिकास्थित २ करोडको लागतमा गाडिने स्टेट बोरिङको जग्गा अनुगमनको सिलसिलामा आइतवार यहा“आएका मन्त्री सोनलले एकाएक आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो दाबी गरे ।
 
‘हाम्रो २ नम्बर प्रदेश सरकार ढल्दैन, बरु केन्द्र सरकार छठपछि ढल्छ,’ उनले भने, ‘माधव नेपाल ज्यूको पार्टीमा आफैं खैलाबैला छ । 
 
३ नम्बर प्रदेशमा हेर्नुुुस्, एउटा मन्त्री बर्खास्त गरिएको छ । एउटा मन्त्रीले अर्कोलाई मान्ने स्थिती छैन् ।’ काठमाडौंको सरकारको आफैं दिनगन्ती सुरु भएको उनले दाबी गरे । 
 
त्यस गाउ“मा सोनल आएको अघिल्लो दिन नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले छठपछि प्रदेश २ को सरकार बदलिने बताएका थिए ।
 
 शुभकामना आदान प्रदान सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका थिए । त्यसै अभिव्यक्तिको प्रतिवाद गर्न मन्त्री सोनलले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गराएर संघीय सरकार छठपछि ढल्ने बताएका हुन् ।
 
 ‘एक वटा होइन, ५ वटा छठ वितेपनि हाम्रो सरकार नढल्ने उनले दाबी गरे ।उनले व्यङ्गात्क शैलीमा भने, ‘माधव नेपाल ज्यू, रौतहटबाट हारेर काठमाडौं जानु भयो, मधेसको जनताको आकांक्षा पुरा गर्न सक्नु भएन ।
 
अहिले मधेसमा आएर हाम्रै सरकार ढल्ने बताउनुहुन्छ । बरु उहा“को पार्टीको केन्द्रीय सरकार परिवर्तन छठपछि हु“दैछ ।
 


यसमा तपाईको मत