• :
  • :
    • On Air
    • Up Next
    • Mithilanchal News

समाचार

विवाह पञ्चिमीमा आउने जन्तीलाई प्रदेश सरकारले धोती कुर्ता सहित विदाइ गर्नेः मुख्यमन्त्री

विवाह पञ्चिमीमा आउने जन्तीलाई प्रदेश सरकारले धोती कुर्ता सहित विदाइ गर्नेः मुख्यमन्त्री
कार्तिक १९ गत्ते,जनकपुरधाम ।
 
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले रामसीता विवाह महोत्सव (विवाहपँचमी) मा अयोध्याबाट आउने जन्तीहरुलाई धोती कुर्ता सहित प्रदेश सरकारले बिदाइ गर्ने बताएका छन्् । 
 
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा  दिपावली तथा छ्ठ पर्वको अवसरमा आईतबार आयोजना गरिएको गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मधेसीको पहिचान धोती कुर्ता र गम्छा लगाएर जन्तीलाई बिदाइ गर्ने बताएका हुन ।
 
कूल ८ मिनेटको मन्तव्यमा नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरि ४ भाषामा आफ्ना शुभकामना मनतव्य राख्दै मुख्यमन्त्री राउतले माता सीताको जन्मभूमि जनकपुरधाममा पौराणिक कालदेखि चलिआएको विवाहपँचमी महोत्सवमा मधेसको सँस्कृति झल्कने गरी जन्तीलाई विदाई गर्ने बताए । 
 
मुख्यमन्त्री राउतले विवाहपञ्चमी मनाउन प्रदेश सरकारले ५० लाख रकम दिएको र छठ पछि जानकी मन्दिर सौन्दर्याकरण आरम्भ हुने बताए ।
 


यसमा तपाईको मत