• :
  • :
    • On Air
    • Mithilanchal Dallan(Repeated)
    • Up Next
    • Mithilanchal News

समाचार

धनुषामा पञ्चायतमै दलित महिलामाथि बोक्सी आरोपमा कुटपिट

धनुषामा पञ्चायतमै दलित महिलामाथि बोक्सी आरोपमा कुटपिट
कार्तिक १९ गत्ते,जनकपुरधाम ।
 
 
एक दलित महिलामाथि बोक्सी आरोपमा पञ्चयतमै कुटपिटसँगै एकलाख जरिवाना गरेको घटना सार्वजनिक भएको छ । 
 
धनुषाको धनौजी गाउँपालिका २ बस्ने ३८ वर्षकी मनतोरियालदेवी मण्डल खत्वेलाई गएको कार्तिक ९ गते बोक्सी भन्दै कुटपिट गरेका हुन् ।
 
बोक्सी स्वीकार गर्न लगाई ५० हजार रकम  र भोज स्वरुप ५० हजार गरी पञ्चले १ लाख जरिवानासमेत गरेको पीडित मन्तोरियाले गुनासो गर्नुभयो । 
 
 
उहाँको पति इन्द्रजित मण्डल खत्वे वैदेशिक रोजगारीको शिलशिलामा दुवईमा हुनुहुन्छ । मन्तोरियालाई जेठाजु इन्दल मण्डल खत्वेले बोक्सी आरोप लगाएका थिए ।  
 
इन्दलले बुहारी बोक्सी रहेको भन्दै पञ्चायत बोलाएर पञ्चायतमै सार्वजनिक रुपमै मन्तोरियालाई निर्घात कुटपीट गर्दै बोक्सी हो भनि स्वीकार गर्न लगाएका थिए ।
 
 
पञ्चायतमा खत्वे समाजका स्थानीय माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायत जेठाजु समेतले कुटपिट गरेको मान्तोरियाले बताउनुभयो ।
 
 
यस विषयमा पीडित मन्तोरियादेवीले यस घटनाका विषयमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई जानकारी गराउँदै न्यायको लागि पहल गरिदिन गुहार गर्नुभएको छ ।
 
 
मन्त्री यादवले घटनाको जानकारी लिएपछि यस विषयमा सत्यतथ्य पत्ता लगाएर यस्तो घटनामा संलग्न दोषीमाथि तुरन्त कार्वाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
 


यसमा तपाईको मत