• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा,घर–घरमा दियो बाली मनाइदै

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा,घर–घरमा दियो बाली मनाइदै
 
कार्तिक २१ गत्ते,जनकपुरधाम ।
 
आज नेपालीहरूको महान चाड तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपूजा। धनकी देवी लक्ष्मीको पूजा गरिने भएकाले आजको रात विशेष रात पनि हो। 
 
 
नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यस पर्वलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ।
 
वर्षका चार महत्वूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ।
 
आजको दिन पहाडी समुदायमा घर–घरमा गएर भैलो खेल्ने चलन छ। भैली खेल्न आउनेलाई धान, चामल, पैसा र नैबेद्य दिएर  विदा गर्ने चलन छ।
 
यसरी दान गरेपछि भैलेहरूले आशिस दिने प्रचलन पनि रहेका छ। 
 


यसमा तपाईको मत