• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

मुस्लिम समुदायको हरेक समस्या समाधान गर्न मदरसा वोर्डः मुख्यमन्त्री राउत

मुस्लिम समुदायको हरेक समस्या समाधान गर्न मदरसा वोर्डः मुख्यमन्त्री राउत
कार्तिक २१ गत्ते,जनकपुरधाम ।
 
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पनि पिछिडिएकाले प्रदेश सरकार मदरसा वोर्ड गठन लागेको बताएका छन् । 
 
मंगलवार महोत्तरीको गौशालास्थित मदरसा गौसिया ईमदादुल गुर्वाले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मदरसा बोर्डमा मुस्लिम समुदायका हरेक समस्या समिटिने भएकोले सरकारले उक्त बोर्ड गठन गर्न तयारी गर्दै आएको बताए । 
 
बर्तमान समयमा मदरसा शिक्षालाई रुपान्तरित गर्नुपर्ने आवश्यक रहेकोले अब मदरसामा पनि नेपाली, विज्ञान, गणित, अंग्रेजीजस्ता विषयलाई समावेश गरि त्यहाँबाट वैज्ञानिक, ईन्जिनियर, डाक्टर बन्न सक्नेजस्ता शिक्षा दिनुपर्ने आवश्यक रहेको धारणा राख्नुभयो ।
 
 
कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले शिक्षाको परिवर्तन विना समाजको परिवर्तन हुनै नसक्ने ठोकुवा गर्नुभएको छ । 
 
सडक, पुल, भवनजस्ता भौतिक पूर्वाधारले देशको विकास नहुनेतर्फ ईंगित गर्दै समाजमा चिन्तन परिवर्तन गर्नुपर्ने अति नै आवश्यक रहेको धारणा राख्नुभयो । 
 
मुख्यमन्त्री राउतले समाज परिवर्तनका लागि निसहाय, गरिव, विपन्न र दलित समुदायलाई शैक्षिकस्तरमा सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । 
 
मुख्यमन्त्री राउतले हाम्रा समाजले महिलालाई समान व्यवहार नगरेकोले प्रदेश सरकारले वेटी पढाऔ, वेटी बचाऔ अभियान ल्याएकोले अब सरकारले वेटीहरुलाई क्षमताअनुसार रोजगारीको समेत ग्यारेन्टी गरिने भएको जनाउनभयो ।
 
 
त्यस्तै महोत्तरीको गौशाला ११ ईमलीबजारमा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको शुभकामना कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले प्रदेश सरकार संचालन गर्नका लागि आवश्यक जनशक्तिको आवश्यक रहेको जनाएका छन । 
 
मुख्यमन्त्री राउतले प्रदेश संचालन गर्नका लागि ५ हजार कर्मचारी आवश्यक रहेकोमा संघीय सरकारले आधाको हाराहारीमा कर्मचारी पठाएर प्रदेश नं. २ लाई भेदभाव गरिदै आएको जनाउनुभएको छ ।
 
 आफुहरुले संघीय सरकारको नितीलाई उल्टाएर भएतापनि ५ हजार कर्मचारी थप गरि प्रदेश नं. २ मा विकास लहर ल्याउनको लागि तयार रहेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । 
 
कार्यक्रमकाबीच प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेशभरि नै शान्ति सुरक्षा स्थापना गर्नका लागि मोवाईल एप्स ल्याएको जानकारी दिनुहुदै अगामी एक बर्षको अवधिमा प्रदेश नं. २ को सुरक्षालाई चुस्त दुरुस्त बनाईने प्रतिबद्धता जनाउनुभयो ।
 
 
सोही कार्यक्रमकाबीच संघीय सरकारका स्वास्थ्यराज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले नेपालको हरेक वडामा स्वास्थ्यचौकी स्थापना गर्ने नेपाल सरकारको अवधारणा रहेको जनाउनुभएको छ ।
 
 त्यस्तै कार्यक्रमकाबीच प्रदेशसभा साँसद कौशलकुमार यादव, सोनमा गाँउपालिकाका प्रमुख राजकुमार यादव, गौशाला नगरपालिकाका मेयर शिवनाथ महतो, पार्टीका लक्ष्मी महतो लगायतका पार्टीका कार्यकर्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
 
 


यसमा तपाईको मत