• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

महोत्तरीको सम्सी नाकाबाट तीन लाख मूल्यको सुर्तीजन्य पदार्थ

महोत्तरीको सम्सी नाकाबाट तीन लाख मूल्यको सुर्तीजन्य पदार्थ
कार्तिक २१ गत्ते,जनकपुरधाम ।
 
 
भारतबाट लुकाइछिपाइ ल्याउँदै गरेको करिब तीन लाख रुपैयाँ मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।
 
 
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ४ सय १५ प्याकेट तम्बाकु सम्सी नाकाबाट गएराति प्रहरीले बरामद गरेको हो। 
 
सुर्तीजन्य पदार्थ लिएर आउँदै गरेका ती व्यक्तिले प्रहरीलाई देखेपछि समान छाडेर भागेको महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
 
 
बरामद भएको सुर्तीजन्य पदार्थ आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।
 


यसमा तपाईको मत